काठमाडौं, १२ भदौं । काठमाडों उपत्यकामा पछिल्लो २४ घण्टामा थप ४१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आज (शुक्रबार) को नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा ३५० ललितपुरमा ११ र भक्तपुरमा ५४ गरी ४१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका ९२७ जनामा संक्रमितमध्ये ४१५ जना काठमाडौं उपत्यकाका हुन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ९२७ जनामा संक्रमण फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ जना पुगेको छ । पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन् ।