बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप ९२७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३६ हजार नाघ्यो (भिडियोसहित)

शुक्रबार, भाद्र १२ २०७७

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका १० हजार २२९ नमुना परीक्षणमा ९२७ जनामा सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या ३६ हजार ४५६ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप १६९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म २० हजार २४२ उपचारपछि निको भएका छन् । देशभर हाल १६ हजार १९ जना आइसोलेशनमा रहेको मन्त्रलयले जनाएको छ । त्यस्तै देशभरका क्यारेन्टिनहरुमा हाल ८ हजार ९३९ जना रहेका छन् ।
https://www.facebook.com/mohpnep/videos/3251068771627810/

प्रतिक्रिया
सम्बन्धित समाचार