काठमाडौं / कोरोनाभाइरसका कारण विश्वभरमा मृत्यु र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोनाको संक्रमणबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ भने त्यसपछि ब्राजिल, भारत, रसिया लगायतका ठुला देशहरु प्रभावित भएका छन् । यहाँ कोरोना संक्रमित दिनानुदिन बढ्दो छ ।
यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बिहानसम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख ३५ हजार ६ सय २७ पुगेको छ भने संक्रमितको संख्या २ करोड ४६ लाख २५ हजार १ सय ४९ पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका १ करोड ७० लाख ९३ हजार २ सय ८८ जना उपचारपछि निको भएका छन् ।
हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ८४ हजार ७ सय ९६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६० लाख ४६ हजार ६ सय ३४ पुगेको छ । त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख १८ हजार ७ सय २६ पुगेको छ भने संक्रमितको संख्या ३७ लाख ६४ हजार ४ सय ९३ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार ८ सय ४ पुगेको छ भने संक्रमितको संख्या ९ लाख ७५ हजार ५ सय ७६ पुगेको छ ।