काठमाडौँ(जस)– पूरा विश्व माहामारिको चंगुलमा फसिरहदा हामी अछुतो रहन सक्ने अवस्था कदापी थिएन/छैन। भारत सगको खुल्ला सिमाना, भारत सगको सम्बन्ध र नेपाली जनता अझ मुख्यगरी सिमावर्ती एरियाका हरु भारतमा आफ्नो श्रम बेच्ने ठूलो जमातमा छन।
सुख दु:ख हर अवस्थामा घर परिवार सगको दुरि बास्तबमा नै पिडादायी हुन्छ नै। यस्तो अवस्थामा को आफ्नो मुलुकमा घरपरिवारको समिपमा बस्न र रहन चाहादैन र! पूरा विश्व लकडाउनमा पर्यो र त्यसैको प्रभाव हामिले पनि भोग्यौ, सयौ दिन बढिको लकडाउनले स्वदेशिलाइ एक खाले पीडा थियो त बिदेशिएका नेपालिलाइ अर्कै खाले तर पिडामा एक समानता के थियो भने सामिप्यताको आश आफ्नो परिवार सग।
यस्तै परिप्रेक्षमा नेपालको दक्षिणी भेग, झापाको पुर्वी दक्षिण नाका कचनकवल गाउपालिका एक पटक निकै चर्चामा रह्यो, अत्याधिक कोरोना संक्रमित भएको क्षेत्र भनी।१३० भन्दा बढिमा कोभिड १९ पोजिटिभ देखियो। कचनकवल नाम सुन्ने बित्तिकै मानिस आत्तिन थाले र यहाँ सम्पर्क स्थापना गर्न मानिस हिच्किचाउन थाले। अछुतो गाउपालिकामा एकाएक परिणित भयो कचनकवल।
नेपालले सबै नाक बन्द गर्यो , एयरपोर्ट लगायत सबै तर सिमावर्ती नाकाहरु सिल गर्ने पर्याप्त प्रशासनिक उपलब्धता थिएन सरकारको साथ। भारतमा पनि सबै लकडाउन हुनाले पिडामा छट्पटीन थाले श्रमजिवी नेपालीहरु। कोरोना आफैमा हाउगुजि थियो, सबै त्रासमा। कता कता भारतले आफ्नो मुख्य नगरिहरुमा चाप थाम्न नसकेर ट्रेन सुचारु गर्यो त कतै हफ्तौ लगाएर मानिस हिड्न थाले, त्यस्तै जोखिम यात्रा गरे हजारौ कचनकवल निवासी नेपालिहरुले, भारत देखि नेपाल सम्म।
आफ्ना नागरिकको माया त अवश्य हुन्छ नै, बर्खाको समय सिमामा आएर बसेका छन, अब कुनै ज्ञान नभएको गाउपालिकाले एक्कासि सयौको संख्यामा सम्भाब्य संक्रमित भन्दै सबलाइ क्वारेन्टिनमा राख्नु पर्ने भयो। यो यस्तो ठूलो बज्रपात थियो कसैले बुझ्न सकेनन। चर्चा गरौ यो दौरान अहम भुमिका खेल्ने केही नायक पात्रहरुको।
अन्जरा आलम( गाउपालिका अध्यक्ष)
एक्कासी उनले नेतृत्व गरेको गाउपालिकामा भारतबाट आउनेको चाप बढ्न थाल्यो, हाम्रो परिवारको रक्षा गरिदिनु भनेर वारिका हरुले बिन्ती गर्न थाले। दवाब भयो उनलाइ अब के गर्ने? जनमानसमा यस्तो भ्रम थियो कि क्वारेन्टिन आफ्नो क्षेत्रमा स्थापित गर्न दिए भोलि सबै संक्रमित हुने छन। अब के गर्ने? पहिलो क्वारेन्टिन पथरिया मावी पथरियामा स्थापित त गरियो तर न बस्ने राम्रो ब्यवस्था भयो न त खाना राम्रो खुवाउन सकियो।
यो बिच धेरै आरोप र प्रत्यारोपको सामना गरे उनले तर उनी लड्बडाएनन। उनी निरन्तर यस्लाइ अझ ब्यवस्थित गर्न लागि पर्न थाले। राजनितिक मनोमानिको आरोप उनिमा ब्यप्त लाग्न थाल्यो तर उनी नडग्मगाइ अघि बढे। त्यो एक क्वारेन्टिनले के थाम्ने थियो र अब केचना, सुकुनाडिगिमा लगत्तै स्थापित गर्नु पर्ने भयो क्वारेन्टिन।
यश बिच कैयन पत्रपत्रिकाले उनको उछितो नकाडेको हैन। उनले त्यस्लाइ तर सुझाव मान्दै काम सहज र अझ ब्यवस्थित बनाउदै अगाडि बढाउन थाले। ” म आफू मैदानमा छु, मलाइ मर्न डर लाग्ने हैन, म संक्रमित भए हौला तर मेरो जनता म सुरक्षित राख्छु” उनी हामी सगको संवादमा पटकपटक भन्थिए। बुझ्दै जादा हेर्दै जादा, पाच क्वारेन्टिन एक गाउपालिकामा उनले स्थापित गराए र ब्यवस्थापनमा पनि डटेर लागि परे।
हर क्वारेन्टिनमा खानाको उपलब्धता, पानीको सहजीकरण र टेस्ट लगातार हुनु पर्ने र पोजिटिभ रिजल्ट आएमा त्यस्को ब्यवस्थापनमा उनी दिनरात लागि परे। बाहिरबाट आएको सहयोगले मात्र नभएर गाउँ पालिका आफै बाट भिटिएम खरिद गरि उनले पिसिआर परिक्षण गराउन थाले। उनको यो लगावको र जिम्मेवारीको चर्चा अनि चुलिन थाल्यो।
जागेस्वर यादव।(स्वास्थ शाखा प्रमुख)
शालीन स्वभावका सप्तरी निवासी यादव, यो कहरको दौरान यतै थिए र अहिले पनि छन। गाउपालिका सग समन्वय गर्ने देखि लिएर जनताको घरघर सम्म पुगेर जनचेतना फैल्याउने काममा कहिल्यै नथाकेका उनले यद क्षेत्रमा ठूलो योगदान दिए। उपल्लो हस्पिटल र दर्जाका डाक्टरहरु सगको निरन्तर बातचित र सहयोगको लागि लागि परेका उनले यहाँ बाट पठाइने हर एक संक्रमितको सु स्वास्थको लागि ब्याक्तिगत जानकारी राख्ने गर्दछन। सातै वडामा घुमेर हर एक टेस्ट क्षेत्रमा पुगि त्यहा कार्यगर्दा उनले कति जोखिम मोलिरहेका थिए त्यो प्रष्ट देखिन्थियो।

क्वारेन्टिनको ब्यवस्थापनमा मात्र नभएर अब गाउमा पनि यस्को प्रभाव हुन सक्छ, यो भाइरस फैलन सक्छ वा फैलियो कि भन्ने भयले गाउपालिका सग समन्वय गरि गाउँ स्तरिय स्वाब परिक्षणको ब्यवस्थापनमा उनले अहम भुमिका निभाए। १५५ स्वाब त एक क्याम्पमा मात्र गराएर सबै नेगेटिभ देखिएको रिजल्ट बाहिर आउने बित्तिकै यश क्षेत्रको अत्याधिक भिड हुने बनियानी क्षेत्र लगायत आसपासको जनताको मुहारमा हासो ल्याउन उनले ठूलो कार्य गरे।
भारतबाट मात्र नभएर हर एक ठाउबाट यहाँ आउने सबैको ब्यवस्थापन गर्न तदारुक रहन्थिए उनि जस्कारण स्थानिय समुदायमा संक्रमण नफैल्योस। होम क्वारेन्टिनमा रहेकाहरुलाइ पनि भेट्न गएर उर्जा दिन माहिर छन यादव जस्कारण हाल सम्म यो संक्रमणले कसैलाइ पीडा दिएको छैन यो क्षेत्रमा।
एक पुरानो स्कुटी लिएर सबै तिर दौडी रहने उनी न खाना न पानी न बर्खा न घाम केही प्रवाह नगरि यस गाउपालिका सुरक्षीत राख्न अहोरात्र लागि परेका छन। अझ पनि ब्याक्तिगत तवरमा नै सबैलाइ भेट्दै हालचाल सोध्दै हिड्ने हसिला यादव ” म यहाँ रहुन्जेल कसैलाइ स्वास्थ सम्बन्धी समस्याबाट ग्रसित भएर तड्पिन दिन्न” भन्छन। उनको बोली र व्यवहार हाल सम्म बास्तवमा ठ्याक्क देखिएको छ।
बिजय राजवंशी(वडाध्यक्ष वडा नं ३ पथरिया)
एक होनाहार युवा नेता उनी अनुभव बिहिन तर यो कहरले एकै पटक उनलाइ असहज बनायो, एक ठूलो चुनौती उनमा सुम्पियो। भारतबाट आएका वा आउने हरुको प्रथम ब्यवस्थापन गर्ने जिम्मा उनिमा नै सुम्पिएको थियो, उनको क्षेत्र पथरिया पर्नाले।
स्थानिय बासिन्दाको नामन्जुरी रहदा रहदै उनले पथरिया माविलाइ एक सुरक्षित क्वारेन्टिन बनाउन ठूलो भुमिका खेलेका छन। एक्कासी ब्यवस्थापनको बोझले उनको काध नहल्लाएको हैन, ब्यवस्थापनमा उनको क्षेत्रमा कमजोरी नभएको हैन तर हर बिरोध र सुझावको सामना गर्दै उनले हिम्मत नहारी आज सो क्वारेन्टिनलाइ एक नमुना क्वारेन्टिन बनाउन सफल भए। खाना, पानी , सुरक्षा, दबाइ आदिको ब्यवस्थापन देखि लिएर स्थानिय बासी सगको सुमधुर सम्बन्ध स्थापित गराउन उनी सफल भए।

“यो चुनौती मेरो लागि अवसर हो, मैले मेरो बलबुताले भ्याउन्जेल म हरेस नखाइ काम गर्छु। हर एक सुझाव र सल्लाह मेरो लागि सिरोपर्य हुन्छ, म पार्टि बिशेषले कसैलाइ काखा पाखा गर्दिन र समानता मेरो हेराइमा सदैव रहनेछ, अझ यो समयमा त म केवल सबैलाइ सुरक्षित राख्न हर कदम उठाउन तयार छु” उनी चौडा छाती बनाउदै भन्छन। बास्तवमा नै उनी हालसम्म यो भिषण परिक्षामा बिशिस्ट श्रेणी सहित उत्तीर्ण भएका छन।
बजार ब्यवस्थापन , कोरोना कहरको दौरान पनि आफ्नो क्षेत्रको बिकासको लागि लागि परेका यी युवा नेता एक समुदाय, एक पार्टीका मात्र नभएर सबैका साझा भएका छन। हसिलो, मिजासिलो र सबै सग गफ गर्दै हिड्ने यिनी आफ्नो जिम्मेवारी देखि भागेको देखिएको छैन।
यस्ता धेरै अन्य हातहरु छन जस्ले आफुलाइ यो समयमा नायकको रुपमा स्थापित गराए, राहत बाड्ने, सेनिटाइजर, साबुन, लत्ताकपडा आदि उपलब्ध गराउने धेरै यस्ता हातहरु छन जस्ले उल्लेखित हरुलाइ सहयोग गरे। सुरक्षामा तदारुकता देखाउने सुरक्षाकर्मी, जनताको स्वास्थमा हरपल चिन्तित रहने स्वास्थकर्मी लगायतको सहयोगमा आज सम्म स्थानिय बासि सुरक्षित र सबल छन।
हाल सम्म यश गाउँ पालिकाले करिब १५०० बढी पिसिआर टेस्ट गराइ सकेको छ जस्मा १३० बढी पोजिटिभ भएपनी सबै सकुशल घर वापस आइ सकेका छन। यश दौरान आवश्यक भिटिएम गाउपालिका स्वयंले करिब १२०० खरिद गर्यो त ४०० सहयोग पायो साथै स्वास्थ संस्थाले २०० उपलब्ध गरायो।
देशको विभिन्न स्थानमा बिना परिक्षण नै घर पठाइने, क्वारेन्टिनमा मनपरी गरिने, पशु झै व्यवहार र बसाइ गराइने अवस्था देखेका यश क्षेत्रका मानिसले , यश गाउँ पालिका र यस्को टिमले गरेको कार्यको मुक्तकण्ठले प्रशंसा गरेको पाइन्छ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij