काठमाडौं, १० भदौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८५ जना कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
योसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ । देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसियुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १९ हजार ५०४ उपचारपछि निको भएका छन् । नेपालमा हालसम्म १७० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
https://www.facebook.com/mohpnep/videos/314012633367492/