बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

८५५ जना संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ३३,५३३ पुग्यो (भिडियोसहित)

मंगलबार, भाद्र ९ २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३३,५३३ पुगेको छ । आज ८५५ जना थपिएका छन् ।

काठमाडौं उपत्यकामा आज २३२ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १९९ जना, भक्तपुरमा १४ जना र ललितपुरमा १९ थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो सँगै उपत्यकामा संक्रमितको कूल संख्या ३७१८ पुगेको छ ।

आजसम्म निको हुनेको संख्या १९,११९ जना पुगेको छ । आज मात्र निको ३१३ जना भएका छन् ।
https://www.facebook.com/mohpnep/videos/345349030171003/

प्रतिक्रिया
सम्बन्धित समाचार