बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

थप ८१८ जनामा कोरोना पुष्टि, काठमाडौँ उपत्यकामा १६६ संक्रमित (भिडियोसहित)

आइतबार, भाद्र ७ २०७७

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३१ हजार ९३५ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८१८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म १८ हजार ६३१ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए । पछिल्लो २४ घण्टामा २८१ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

हाल देशभर १३ हजार ११५ जना सक्रिय सङक्रमित रहेका छन् । यस्तै ११ हजार ४१४ क्वारेन्टिनमा तथा १३ हजार ११५ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकामा थपिए १६६

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १६६ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएका मध्ये काठमाडौँका १२६, ललितपुरका १२ र भक्तपुरका २८ जना छन् ।
https://www.facebook.com/mohpnep/videos/331258671251635/

प्रतिक्रिया
सम्बन्धित समाचार