बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारको सहयोगमा १० जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग

मंगलबार, भाद्र २ २०७७

काठमार्डौं । कोरोना भाईरस कोभिड १९ को कारणले रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका १० जना नेपाली श्रमिकहरुले निशुल्क नेपाल फर्किने अवसर पाएका छन् । नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतारद्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार १४ अगस्ट २०२० का दिन दोस्रो चरणमा १० जनालाई हवाई टिकट उपलब्ध गराईएको हो ।

हवाई टिकट प्राप्त गर्नेहरुमा राम दुलार चौधरी(सर्लाही), ज्ञानुका पोख्रेल(उदयपुर), कृष्णा राई(ईलाम), मोहम्मद खुरसिद(कपिलवस्तु), ईश्वर कुमार श्रेष्ठ(मोरङ, अनीश मियाँ (अर्घखाँची), रामचन्द्र राजबंसी(झापा), गुरूप्रसाद चौधरी(कपिलवस्तु), अजिज अन्सारी(धनुषा) र चन्द्र बहादुर मगर (सिरहा) लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको एनआरएनए कतारका अध्यक्ष तथा स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती– २०२० का संयोजक मोहमद मुक्तदा मुसलमानले जानकारी दिएका छन् ।

हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्या भएका १० जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग:

कोरोना भाईरस कोभिड १९ को कारणले रोजगारी गुमाएर नेपाल फर्कन प्राथमिकतामा परेका तर हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र नेपालि ब्यावसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार १४ अगस्ट २०२० का दिन दोस्रो चरणमा राम दुलार चौधरी- सर्लाही,ज्ञानुका पोख्रेल- उदयपुर, कृष्णा राई- ईलाम,मोहम्मद खुरसिद-कपिलवस्तु, ईश्वर कुमार श्रेष्ठ- मोरङ, अनीश मियाँ – अर्घखाँची,रामचन्द्र राजबंसी- झापा, गुरू प्रसाद चौधरी-कपिलवस्तु, अजिज अन्सारी- धनुषा र चन्द्र बहादुर मगर – सिरहा लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको सबैमा जानकारी गराऊदछु।

मोहमद मुक्तदा मुसलमान
अध्यक्ष एवम् संयोजक
स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती- २०२०
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार