बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

यमनका संचारमन्त्रिले बारम्वार कतारविरूद्द दिएको अभिव्यक्ति प्रति कतार आश्चर्य चकित

सोमबार, भाद्र १ २०७७

दोहा / यमनी संचार मन्त्री मुआम्मर अल इर्यानीले कतार विरूद्द पटक पटक दिएको अभिव्यक्ति प्रति कतार अचम्ममा परेको बताएको छ । कतारी परराष्ट्र मन्त्रालयले आइतवार एउटा वक्तव्य जारी गर्दै यमनसंगको भातृ सम्बन्धमा नै असर पर्नेगरी संचारमन्त्री इर्यानीले कतार विरूद्द पटक पटक अभिव्यक्ति दिनुले आश्चर्यमा पारेको बताएको छ ।

वक्तव्य मार्फत कतारले भातृ राज्य यमनका जनताप्रति कतारी जनताको आत्मियतालाइ नकार्दै कतार विरूद्द अभिव्यक्ति दिनु गलत भएको उल्लेख गरेको छ । अगष्ट १६ का दिन इर्यानीले साउदी अरेवीयाबाट प्रकाशित हुने संचारमाध्यम मार्फत कतारले, इरानको सहायतामा आंतक मच्चाइरहेको हुथी विद्रोही संगठनसंग निरन्तर सम्पर्कमा रहेको र आंतककारी गतिविधिमा सघाइरहेको आरोप लगाएका थिए । साथै यमनी संचार मन्त्री इर्यानिले कतारले संयुक्त राष्ट्रसंघको सामान्य सर्त समेत पालना नगरेको आरोप लगाएका थिए ।

यसअघि सन् २०१७ जुन ५ देखि साउदी अरेवीया, युनाइटेड अरव इमिरेट्स, इजिप्ट र बहराइनले कतारले इरानको सहायतामा आंतक मच्चाइरहेको हुथी विद्रोही संगठनलाइ सघाएको भन्दै कतार विरूद्द नाकावन्दीको घोषणा गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार