बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४ पुग्यो

आइतबार, साउन ३२ २०७७

काठमाडौं । नेपालमा कोरोनाको कारण थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साका १ जना पुरुष र मोरङकी एक महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १ सय ४ पुगेको छ ।

नेपालमा बितेको २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हाल ९ हजार २ सय २१ जना सक्रिय संक्रमित रहेका छन् । भने हालसम्म संक्रमितमध्ये ६५ पतिशत कोरोना मुक्त भइ घर फर्किएका छन् ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार