बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

विश्वमा २४ घण्टामा विश्वमा ६ हजार बढी कोरोना संक्रमितको मृत्यु, हालसम्म ७ लाख ५१ हजार बढीले ज्यान गुमाए (अपडेट)

शनिबार, साउन ३१ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ७१३ कोरोना संक्रमितको मृत्यु भएको छ । यो अघिल्लो २४ घण्टाको भन्दा कम हो ।

अघिल्लो २४ घण्टामा ६ हजार ९८४ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ५१ हजार १५४ जनाको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या २ करोड ७ लाख ३० हजार ४५६ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार