बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पछिल्लो २४ घण्टामा ५ सय २५ संक्रमित थपिए, संक्रमितको संख्या २४ हजार ९ सय ५७ पुग्यो (भिडियोसहित)

बिहिबार, साउन २९ २०७७

काठमाडौं, २९ साउन । मुलुकमा थप ५ सय २५ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ५ सय २५ संक्रमित थपिएसंगै नेपालमा संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/233280641199044/
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ९५ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १६ हजार ८३७ पुगेको छ ।

नेपालमा हिजो (बुधवार) ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार