मोहम्मद रमजान अली मिया
कतार / कतारको उत्तरी शहर अल खोर,शमाल र रुवैस जाँदा पर्ल कतार संगैको आधुनिक शहरमा सन् २०१४ मा प्रस्तावित भै सन् २०१८को सेप्टेम्बर बाट निर्माण आरम्भ गरि २०२१ मा निर्माण सम्पन्न हुने “लुसेल कतारा टावर”हाल निर्माण कै क्रममा छ ।
कतारको प्रतिष्ठित निर्माण कम्पनी एच बि के ले लुसेलको समुदी तटको ४८ हजार स्क्वायर मिटरको क्षेत्रफल ओगटेर कतारी रियाल १९३,०००,०००को लागतमा निर्माणाधीन लुसेल कतारा टावरको मालिक शेख नवाफ बिन जासिम अल थानी हुन।२११ मिटर र ६९२ फिट अग्लो यो आइकोनिक भवन ३६ तल्ले हुने छ जस्मा २ वटा तारे होटल,ब्यवसायिक केन्द्र,शपिङ्ग कम्प्लेक्स र बिश्व ख्यातिप्राप्त रेष्टुरेन्ट तथा क्याफेहरु हुनेछन।
बिश्व एक बिषम परिस्थिति बाट गुजि्ररहेको भएता पनि यसको निर्माण तिब्ररुपमा अगाडि बढिरहेको छ।लक्ष्य अनुरुप आगामी वर्ष २०२१को जुन महिनामा यसको उद्घाटन गर्ने योजना बनाइएको छ।हाइ राइज बिल्डिङ्ग होटेल कम्प्लेक्स लाई प्रख्यात डिजाइन कम्पनी दार अल हन्दिसाले अति आकर्षक रुपमा डिजाइन गरेको हो।यहाँ मानव निर्मित सेटेलाइट बिच र यस टावरमा एउटा अन्तर्राष्ट्रिय स्तरको ५ तारे होटल सहित कतारको पहिलो ६ तारे होटेल हुनेछ।यसैगरी यहाँ अन्य बिलासी र बिश्वको उच्च स्तरको आनन्दमयी ४९ अपार्टमेन्टहरु हुनेछन जसमा ५५० वटा कोठाहरु हुनेछन।




®रमजान बाबु