शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

मोतीको टापु पर्ल कतार

आइतबार, साउन २५ २०७७

पर्ल कतार अर्थात अरबिक भाषामा लुअ्लु( اللؤلؤة قطر)मध्यपुर्व खाडीका मुलुकहरूमा उदाउँदो र बिश्वका धेरै कीर्तिमानहरु आफ्नो पोल्टामा पार्न सफल मुलुक र मेरो सहित हाल पनि अन्दाजी ३ लाख ५० हजार नेपाली लगायत अन्य २१ लाख आप्रवासीहरुको कर्मथलोको रुपमा रहेको कतारको उत्तरी भागमा समुद्र पुरेर निर्माण गरिएको मानव निर्मित एक कृतिम टापु।लुअ्लु अरबी शब्द हो जस्को अर्थ मोती हुन्छ।कतारमा तेलको उत्खनन भन्दा पहिले मोती नै प्रमुख आयस्रोतको रुपमा रहेको कुरा यहाँको ऐतिहासिक दस्तावेजमा पाइन्छ।माछा मार्ने र मोतीको खोजी गरि बिक्री गरेर आयाआर्जन गर्ने यहाँको मुख्य काम थियोे।यो स्थान पनि मोती खोज्ने केन्द्रको रुपमा भएको हुनाले यसलाइ आज पनि अरबीहरुले लुअ्लु भनेर चिन्दछन।पर्ल कतारको निर्माण कतारी पब्लिक शेयरहोल्डिङ्ग कम्पनी अन्तर्गतको नामुद निर्माण कम्पनी युनाइटेड डेभलपमेन्ट कम्पनी(UDC) द्वारा २.५ बिलियन अमेरिकी डलरको लागतमा सन् २००४ मा शुरु गरिएको थियो भने सन् २०११ डिसेम्बर ३ बाट यहाँ बिदेशीहरुले समेत घर फ्ल्याट र बङ्गलो किन्न सक्ने गरि खुल्ला गरिएको हो।पर्ल कतार मध्यपुर्वमै विशाल संरचना सहितको प्रख्यात टापु हो जुन ४ मिलियन स्क्वायर मिटरमा फैलिएको छ।यसको निर्माण सम्पन्न हुँदा सम्म यसको मूल्य १५ बिलियन अमेरिकी डलर भन्दा अधिक पुग्ने छ।

किनभने यो निर्माण सम्पन्न पश्चात यहाँ ३२ किलोमीटर लामो समुद्री तट निर्माण गरिनेछ।जहाँ सन् २०१८ को अन्त्य सम्ममा १८८३१ वटा बिशाल संरचनाहरु निर्माण सम्पन्न भैसकेका छन।सन् २०२१ को अन्त्य सम्ममा २५००० पच्चीस हजार अत्याधुनिक सुविधा सम्पन्न अन्य नयाँ भवनहरु सहित ४५००० बासिन्दाहरु यहाँ सहजै बस्न सक्ने छन।मध्यपुर्वमा यसरी विकसित आवास क्षेत्रहरुमा दि पर्ल कतार अग्र स्थानमा परे बापत सन २०१८-२०१९ को उत्कृष्ट अरब संरचना उपाधी अन्तर्गतको एकीकृत तथा भरोसाको टापूको सम्मान ग्रहण गरिसकेको छ।विभिन्न आकर्षक डिजाइनमा स्थानीय तथा बिश्व प्रख्यात फरक कला संस्कृतको झल्को दिने सर्वश्रेष्ठ उपाधि वाहक पर्ल कतारमा हेर्न लायक दर्जनौं वस्तुहरु छन।यहाँ खानाका पारखीहरुको बिश्वप्रख्यात रेस्टुरेन्ट तथा क्याफेहरुको संजाल नै बिस्तार गरिएको छ भने महँगा र बिलासी गाडी देखि पहिरन ,ज्वेलरी घडी सम्मका फेन्सी स्टोरहरु स्थापना गरिएका छन।भवन निर्माण र एकीकृत बस्तिको नमुना पर्ल कतारको निर्माण शैलीको अर्को लोभलाग्दो पक्ष भनेको यसलाइ कला र सम्पदा संरक्षणको हिसाबले १० अलग अलग र फरक तरिकाले बनाइएको र सिंगारिएको छ।पर्ललाइ १२ स साना जिल्लाहरुमा बिभाजन पनि गरिएको छ।हरेक जिल्ला एक भन्दा अर्को बाट प्रष्ट छुट्टिने गरि निर्माण गरिएको छ।पर्ल कतार,अब्राज क्वाटर,(पर्ल गेटवे) बीच भिल्ला यो एउटा आवासीय जिल्ला हो जुन पुर्णतःसमुद्र माथी निर्माण गरिएको छ र यसको कलात्मक पक्ष फ्रान्सेसी स्पेनीज र इटालियन शैलीमा बडो मन लोभ्याउने खाले रहेको छ।देख्न र घुम्न लायक छ कतारको पर्ल।


कोस्टा मल्सको निर्माण शैली पनि अती आकर्षक रुपमा गरिएको छ।यसको बीचमा एउटा अति आकर्षक मार्सा मलाज केम्पिंस्की तारे होटलको निर्माण गरिएको छ।जो पर्लमा आउनेहरूको स्वागत गर्न पुर्णतःसक्षम रहेको बिश्वास गरिएको छ।यसैगरी पोर्टो अरेबिया पर्लको मुख्य बन्दरगाह क्षेत्र हो।यहाँ आवास तथा खानपिनका केन्द्रहरु स्थापना गरिएका छ्न।चारै तिर समुद्री कुजहरु देख्न सकिन्छन यहाँ। कनात क्वाटरलाई इटालियन शहर भेनिसको शैलीमा निर्माण गरिएको छ।यो शहर नक्कल गरिएता पनि भेनिस भन्दा अति आकर्षक रुपमा निर्माण र डिजाइन गरिएको छ।हरेक एरियामा नैया र डुङ्गाहरु चल्दछन।यसैको अर्को तर्फ भिभा बहरिया शहर निर्माण गरिएको छ जुन मोरक्कोको कला सम्पदा तथा कलात्मक संस्कृतबाट मोहित भइ हुबहु नक्कल गरि यहाँ निर्माण गरिएको छ।यहाँ अति आनन्दित भवन तथा लक्जरी भिल्लाहरु छन।

पर्ल कतारका प्राय सबै जिल्लाहरु फरक र विशेष शैलीमा निर्माण सम्पन्न गरिएका छन। यसमा अपार्ट्मेन्ट्स,भिल्ला,टाउन हाउस,पेन्टहाउस,मनोरञ्जन स्थलहरु लगायत अन्य अत्याधुनिक सुविधा सम्पन्न भौतिक संरचनाहरु निर्माण कार्य तीव्रताका साथ जारी छन्।पर्लमा उपाधी जित्न सफल मरीना र शुन्दर समुद्री तटहरु सामेल छन।हाल पनि यहाँ बिश्व प्रख्यात ४०० भन्दा अधिक अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनीहरु संचालनमा रहेका छन।जसमा प्रख्यात फेसन डिजाइन ब्रान्ड,कफि शप,रेष्टुरेन्ट र दैनिक उपभोग्यका विभिन्न सरसामान बिक्री गर्ने पसल,कल्ब हाउस तथा आउट्लेट्स,सिनेमाघर,क्लब हाउसहरु छन।
पर्लको निर्माण कार्य सम्पन्नताका साथ यो १३ अति ब्यवस्थित र आकर्षक सुविधा सम्पन्न टापुहरुमा देखा पर्नेछ।

पर्लको सबैभन्दा ठूलो टापुमा लक्जरी भिल्ला,अपार्टमेन्ट,३ वटक पाँच तारे भब्य होटेल २ मिलियन स्क्वायर मिटरमा फैलिएका बिश्व ख्यातिप्राप्त ब्रान्ड होल्डर रेस्टुरेन्ट,क्याफे तथा मनोरञ्जन स्थलहरु र शारीरिक ब्यायाम केन्द्रहरु हुनेछन।पर्यटकीय दृष्टिकोणले पनि बिकास हुँदै गएको पर्ल कतार यहाँको महँगो आवासीय केन्द्रको रुपमा रहेको छ।तथापि यहाँ आफ्नै घर खरिद गरि बसोबास गर्दै आएका अन्य बिदेशीहरुमा केही नेपाली ब्यवसायिहरु पनि छन।जसमा गैर आवासीय नेपाल संघका संस्थापक उपाध्यक्ष किर्तिपुर पाँगाका डा.देवकाजी डङ्गोल,प्रतिष्ठित ब्यवसायि एवं एन आर एन ए अभियन्ता गोरखाका बद्री प्रसाद पाण्डे,नेपाली मुलका बेलायती नागरिक गोरखा कै ब्यावसायी अशोक श्रेष्ठ हुन।यसै मध्ये ८ अर्का निजि टापुहरु हुनेछन जो निजि क्षेत्रले खरिद गरि आफुले चाहे अनुसार निर्माण गर्न सकिने छ।यो ऐतिहासिक सम्पदाको निर्माण पनि हाम्रो देशका लाखौं नेपालीहरुले श्रम खर्चिदै गर्दा उनीहरुको रगत पसिना र आँसु बगेको कुरामा कसैलाइ दुइमत नहोला।

हाल : दोहा कतार

प्रतिक्रिया
सम्बन्धित समाचार