बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

पुनः लकडाउनबारे निर्णय प्रधानमन्त्रीले आज स्वास्थ्यविद्सँग छलफल गर्दै

मंगलबार, साउन २० २०७७

काठमाडौं(जस)–उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग बालुवाटार छलफल गर्दै छन् । प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपाय बारे जनस्वास्थ्यविद्हरुसंग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् ।
लकडाउन खोल्दा आवश्यक सावधानी नपाएर निर्णय लिइएको भन्दै सरकारको आलोचना समेत भएको छ । प्रधानमन्त्री ओलीले यसअघि लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गरेका थिए । सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी समेत गरिरहेको बताइन्छ । पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषालगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार