काठमाडौं। नेपालमा आज (सोमवार) थप ४१८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।
सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौं उपत्यकामा ५१ सहित देशभर ४१८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
योसँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ।
https://www.facebook.com/mohpnep/videos/1242161642810297/