बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

सरकारको अपिल : ६० बर्षभन्दा माथि र १२ बर्ष मुनिका घर बाहिर ननिस्किनुहोस्

आइतबार, साउन १८ २०७७

काठमाडौँ । सरकारले ६० बर्षभन्दा माथिका र १२ बर्षभन्दा कम उमेरका नागरिकलाई घर बाहिर ननिस्किन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आइतबार कोरोना बारेको नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौँ उपत्यका जस्तै घना बस्ती भएका ठाउहरुमा ६० बर्षभन्दा माथिका र १२ बर्षभन्दा कम उमेरका नागरिकलाई घर बाहिर ननिस्किन आग्रह गरेका हुन् ।

त्यस्तै सरकारले र्यापिड डायगोनोष्टिक टेस्ट (आरडीटी) टेस्ट नगर्न आग्रह गरेको छ ।

प्रवक्ता डा. गौतमले देश भरका प्रदेश, स्थानीय तह र स्वास्थ्य संस्थाहरुलाई आरीडीटी परिक्षण नगर्न मन्त्रालयले निर्देशन दिइसकेको जानकारी दिदै अब आरडीटी परिक्षण नगर्न आग्रह गरेका छन् ।

साथै स्वास्थ्य मन्त्रालयले वीरगन्जमा स्वास्थ्य सेवा विभागमा महानिर्देशक डा. दिपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोलि कोरोना प्रभावित क्षेत्र वीरगन्ज र जनकपुर पुगेर कम शुरु गरको जानकारी दिएका छन् ।

प्रवक्ता गौतमले आवश्यकता अनुसार अन्य स्थानमा पनि यस्तै उच्चस्तरीय टोलि पठाउने तयारी भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार