काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला विरगंञ्ज बस्न ६८ वर्षकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
उनका अनुसार साउन १७ गते ति महिलाको मृत्यु भएको हो । उनमा स्वासप्रश्वास ,ज्वरो र खोकीको समस्या देखिएपछि नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएकी महिलाको अवस्था जटिल बनेपछि नारायणी कोभिड अस्पताल रिफर गरेर ल्याउने क्रममा बाटोमै मृत्यु भएको उनले जानकारी दिए ।
ती महिलमा कोरोना संक्रमण गत साउन १६ गते पुष्टि भएको थियो । उक्त मधुमेह विरामी समेत रहेको उनले बताए । यी महिलासँगै नेपालमा कोरोना मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।