बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

सद्भाव युवा समाज कतारद्धारा बाढीपहिरो पिडितलाई ९६ हजार रुपैयाँ सहयोग

आइतबार, साउन १८ २०७७

काठमाडौं / सद्भाव युवा समाज कतारले बाढीपहिरो पिडितलाई ९६ हजार रुपैयाँ सहयोग गरेको छ । अविरल वर्षाका कारण आएको बाढिपहिरो बाट देशले ठुलो जनधनको क्षती बेहोर्नुपरेको अवस्थामा सद्भाव युवा समाजले पिडित परिवारलाइ थोरै भएपनि राहत पुगोस भन्ने हेतुले तीन ओटा जिल्लामा सो सहयोग गरेको हो । युवा समाजले गुल्मि जिल्लाको ईस्मा गाउँपालिकालाई ने.रु. ३२ हजार, लमजुङको मर्स्याङ्दी गाउँपलिका ३ तरापु पल्लोटारिलाई ने.रु. ३२ हजार र म्याग्दी जिल्लाको मालिका गा.पा. विम र धौलागीरी गा.पा.मराङका पिडित घरपरिवारको सहयोगार्थ ने.रु. ३२ हजार गरि जम्मा ९६ हजार नेपाली रुपैयाँ सहयोग गरेको छ ।


सहयोग उपलब्ध गराइएको सबै जिल्लामा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा स्थानीय समाजसेवी व्यक्तित्व मार्फत उक्त राहत वितरण कार्यक्रम सम्पन्न गरिएको थियो ! सद्भाब युवा समाज कतारले देशमा आइपरेका विपत्तिमा सहयोग गर्दै आएकोछ । मरुभूमिमा रोजगारीको सिलसिलामा कतारको एयरपोर्टमा काम गर्ने साथीभाइलाई भैपरी आउने समस्यामा सहयोग गर्न भनि २००८ मा स्थापना भएको यस संस्थाका सदस्यहरुले आफ्नो पारिश्रमिकबाट समाज सेवालाई भनेर छुट्याएको रकमबाट विगतका वर्षहरुमा पनि यसरी देश र समाजमा आइपर्ने प्राकृतिक प्रकोपका बेला देखि लिएर बिभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको संस्थाका बर्तमान अध्यक्ष गुणनिधि घिमिरेले बताउनु भयो ।

आफ्नो स्थापना काल देखि नै संस्थामा आवद्ध सदस्यहरुलाइ परेको समस्यामा सहयोग गर्ने देखि लिएर देशमा भुकम्प पिडित लगायत बाढिपहिरो पिडितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा समेत आर्थिक सहयोग प्रदान गर्दै आइरहेको यस संस्थाले गत वर्ष सन २०१९ मा रास्कोट सामुदायिक अस्पताल कालिकोट लाइ सदभाव युवा समाज कतार र सदभाव युवा समाज नेपालले सम्युक्त रुपमा रु १० लाख २० हजार त्यसैगरी वर्ष सन २०१८ मा राष्ट्रीय आविस्कार केन्द्र लाइ रु ६ लाख आर्थिक सहयोग हस्तान्तरण गरेको थियो !

रोजगारीको सिलसिलामा प्रवासीएका नेपाली दाजुभाइ हरुको फराकिला सहृदयी मनहरुलाइ पिडित परिवार लगायत सम्पुर्ण जिल्लाबासीले हार्दिक धन्यवाद साथै कृतज्ञता प्रकट गरेका छन ! विदेशी भुमीमा श्रम गरेर आफ्नो मेहनतको कमाइको केहि अंश देश र समाजका लागी सहयोग गर्ने सहयोगी भावनाहरुको सामाजिक सदभाव, सहयोग र सेवाले संस्थाको गरिमा अझै बढ्दै जाने र फराकिलो सामाजिक परिचयले संस्थाको शिर सधै उच्चो रहेको देखिन्छ ! सदभाव युवा समाज कतार सम्पुर्ण मनकारी व्यक्तित्वहरु लाइ हार्दिक धन्यवाद प्रकट गर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार