काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारलार्इ कतार सरकारले कतार च्यारिटीमार्फत २२५० श्रमिकहरुको खाद्यान्नको राहत प्याकेज उपलब्ध गराएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले अहिले कोरोना संक्रमणको विषम अवस्थामा राहत प्याकेज कुपन उपलब्ध गराऊने क़तार सरकारको गृह मन्त्रालय, पराराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा क़तार च्यारिटीका सम्पूर्ण पदाधिकारी हरूमा हार्दिक आभार गरेका छन् ।

हार्दिक आभार
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाउदै आएको छ। यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकार को प्रराष्ट्र मन्त्रालय, प्रशासनिक विकाश श्रम र सामाजिक मामिला मन्त्रालय, क़तार सरकारको गृह मन्त्रालय द्वारा क़तार चारेटि मार्फ़त आज ३१ जुलाई २०२० का दिन २२५० श्रमिकहरुको खाद्यान्नको राहत प्याकेज को लागि कूपन प्राप्त गरिएको सम्पूर्ण सबैमा जानकारी गराऊछु।
यो राहत प्याकेज कुपन उपलब्ध गराऊने क़तार सरकारको गृह मन्त्रालय, प्रराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा क़तार चारेटि का सम्पूर्ण पदाधिकारी हरूमा हार्दिक आभार प्रकट गर्दछु।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार




