बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

स्यानिटाइजर पिउदा १० जनाको ज्यान गयो

शनिबार, साउन १७ २०७७

काठमाडौं / भारतमा स्यानिटाइजर पिउदा १० जनाका मृत्यु भएको छ । भारतको आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर पिउदा १० जनाको मृत्यु भएको हो ।

कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण रक्सी पसलहरु बन्द हुँदा उनीहरुले अल्कोहल मिश्रित स्यानिटाइजर पिएको भारतिय मिडियामा जनाइएको छ । कुरिचेदु गाउँमा कोरोनाभाइरसको संक्रमण बढेपछि लकडाउन गरिएको थियो ।

उक्त गाउँका मानिसहरुले रक्सीको नपाउदा अल्कोहल मिश्रित स्यानिटाइजर पिएको जिल्ला प्रहरी प्रमख सिद्धार्थ कौशलले बताए । उनीहरुले १० दिनदेखी अल्कोहल मिश्रित स्यानिटाइजर पिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार