बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ लाख नजिक

शुक्रबार, साउन १६ २०७७

काठमाडौं, १६ साउन / विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ७५ लाख नजिक पुगेको छ। पछिल्लो २४ घण्टामा २ लाख ७४ हजार संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या १ करोड ७४ लाख ६६ हजार पुगेको हो।

पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार ५ सय, ब्राजिलमा ५८ हजार २ सय र भारतमा ५५ हजार संक्रमित थपिएका हुन् । यस्तै, विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ६ लाख ७६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा झण्डै ६ हजार संक्रमितको मृत्यु भएसँगै कूल मृतकको संख्या ६ लाख ७५ हजार ५ सय ३१ पुगेको हो।

पछिल्लो २४ घण्टामा अमेरिकामा १२ सय ३९, ब्राजिलमा ११ सय ८९, भारतमा ७ सय ८३, मेक्सिकोमा ४ सय ८५, दक्षिण अफ्रिकामा ३ सय १५, इरानमा २ सय २६ र रसियामा १ सय २९ जनाको मृत्यु भएको छ ।

यसैगरी विश्वभर १ करोड ९ लाख संक्रमित उपचारपछि घर फर्केका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार