शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

बाबुराम र प्रचण्डको डिभोर्सले कोरेको चित्र, भीम श्रेष्ठको लेख

मंगलबार, साउन १३ २०७७

नेपालमा पछिल्लो समय देखिएको राजनैतिक घटनाक्रमले एउटा विषम परिस्थिति सृजना गरेको छ । यद्यपि यो पहिलो घटना भने होइन तर देशले यतिखेर कोरोना र बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपबाट उन्मुक्ति खोजिरहेको बेला देशको शक्तिशाली शक्ति जसलाई सरकार संचालनमा झण्डै दुई तिहाई मत दिएका दुई पाइलट सहितको नेकपाको विवादले झन समस्यामा पारेको देखिन्छ । प्रचण्ड केपिको सत्तामोह या कुर्सी मोहले भनौ या स्वार्थ दम्भ अहंकारले जनतालाई गुमराहमा राखेको छ ।

यतिखेर गणतन्त्र धर्मनिरपेक्ष समाबेशी संघीयताका सुत्रपातहरु सत्ता बाहिर छन (प्रचण्ड बाहेक) भने संविधानसभाबाट संविधान, संघीयता समाबेशिता आउनु भनेको बयलगाढा चढेर अमेरिका पुग्नु हो भन्ने सत्ताको अमुक साचो बोकेर अहमता देखाइरहेका छ्न । सामान्य जनताले नजरअन्दाज लगाउन सकिने केपि ओलिबाट कस्तो परिणाम आउला ? मकै बारिमा बादर लाई गोठाला राखेको जस्तो भएको बिश्लेषकहरु बताउछ्न ।

अर्कोतर्फ आफ्नो स्वार्थ र पदको लागि जे गर्न माहिर , जस्तोसुकै त्याग गर्न सक्ने जनयुद्धका सुप्रीमो प्रचण्ड केपि ओलिसङ्गको सहकार्य निल्नु न ओकल्नुको अवस्थामा छ्न । ३० बर्ष सङ्गै हिडेका सहयात्री भन्दा ३० दिन चोचोमोचो मिलाएका साथीलाई आत्मिय देखेर केही क्षणिक स्वार्थ प्राप्त गरेका प्रचण्ड यतिखेर पार्टीमा बहुमत नेताको साथ रहदा पनि ओलिका सामु खरो उत्रन सकेका छैनन । जनयुद्धमा सिंह जस्तै गर्जने प्रचण्ड अहिले बिरालोको आवाज निकाल्न समेत सकेका छैनन । सधै बाबुरामको कार्यदिशामा हिडेर सफल भएका प्रचण्ड यतिखेर घर न घाटको भएको जानकारहरु बताउछ्न । न आफूसङ्ग स्पष्ट कार्यदिशा नत अरुको बाटोमा हिड्न सक्छन प्रचण्ड यहि बेला प्रचण्डले बाबुराम सम्झेर प्रायोचित गरिरहेका होलान या बाबुरामको यादमा बाडुल्की लागेर पानी पिउदै होलान । सधै विधि र पद्धति खातिर बाबुरामलाई खाल्डोमा पुर्न समेत पछि नहट्ने प्रचण्ड , बाबुरामलाई खनेको खाल्डोमा आफै पर्ने महशुस गर्न थालिएको छ अहिले ।

जनयुद्धका वहुमत योद्धाहरु या माओवादी आन्दोलनका पारखीहरु प्रचण्ड बाबुराम किरण बिप्लब एकाकार भएको देख्न चाहन्छ्न । ती मध्ये पनि बाबुराम प्रचण्ड मिले देशले निकास पाउने बिश्वास राख्दछन तर यो सहज भने छैन किनकी प्रचण्ड हिडेको बाटो गलत छ भन्ने निचोडका साथ बाबुराम अर्को बाटो हिडिसकेको पनि बर्षौ दिन भईसक्यो भने स्पष्ट भिजन इमान्दारीता, लगनशीलता भएका बाबुराम हिडेको बाटो पनि पार्टी संगठन गतिलो नहुदा उनि एक्लिएका छ्न । के प्रचण्ड/ बाबुराम आफ्ना सम्पूर्ण स्वार्थ , मोह बिगतका तिता मिठा अनुभवलाई आत्मालोचित हुन तयार छन त? दुबै पक्षका नेता कार्यकर्ताले पहल लिए संभव होला त ?

बाबुरामलाई सधै टेढो आखाले हेर्ने प्रचण्डका हेराई सोझो होला त ? के प्रचण्ड आफ्ना सम्पुर्ण झुट हरुलाई तिलान्जली दिन तयार होलान त ? के बाबुराम प्रचण्ड पारिवारिक स्वार्थ भन्दा माथी उठ्न सक्लान त ? के बाबुराम प्रचण्ड अभिभावक भनेर युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न राजी होलान त ? अनवरत रुपमा अध्यक्षको कुर्सीमा टासिएको प्रचण्डको कोट फुत्किएला त ? के बाबुराम प्रचण्ड मिलेर देशले निकास पाउला त ? जनयुद्द जन आन्दोलानमा मृत्यु भएका घाईते भएकाहरुको सपना पूरा गर्लान त ? के सेनासमायोजन लगाएतका सम्पुर्ण हिसाबकिताब चुस्तदुरुस्त देखाउलान त ? यस्ता अनुत्तरित प्रश्नको उत्तर आउलान त ? यदि देश बिकाश गर्नुछ र जनयुद्दको मर्म पुरा गर्नुछ भने दुवै नेताले जुनै स्वार्थ त्यागेर पनि बाबुराम प्रचण्ड मिल्नुको बिकल्प छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार