बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थप १३० जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १८ हजार ६१३ पुग्यो (भिडियोसहित)

आइतबार, साउन ११ २०७७

काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १३० जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४४० रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७५ जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १३ हजार १२८ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको प्रतिशत ७०.६ रहेको छ ।

त्यस्तै अहिले देशभरमा १७ हजार ९०३ जना क्वारेन्टाइनमा रहेका छन् भने ५ हजार ४४० जना आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ६ जिल्ला कोरोना मुक्त भएका छन् । मनाङ, मुस्ताङ, रसुवा, संखुवासभा, भोजपुर र पांचथर रहेका छन् ।

नेपालमा कोरोनाबाट अहिलेसम्म ४५ जनाको मृत्यु भएको छ ।
https://www.facebook.com/mohpnep/videos/295863314987072/

प्रतिक्रिया
सम्बन्धित समाचार