काठमाडौ । कोरोना भाइरसले आतंक मच्चाइरहेका बेला विश्वभरि छरिएर रहेका नेपाली डाक्टरहरुको सम्मेलन सम्मेलन हुने भएको छ । ग्लोबल नेपाली स्वास्थ्य सम्मेलन नाम दिएको उक्त सम्मेलन सेप्टेम्बर १८–२० मा हुनेछ । यो सम्मेलन दोस्रो संस्करण हो ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले सम्मेलनको आयोजना गरेको छ । सम्मेलन सेमी भच्र्योलमा हुनेछ, केही सेशनहरु प्रत्यक्ष बसेर छलफल गरिने छ भने बाँकी भच्र्योल छलफल हुने एनआरएनए स्वास्थ्य कमिटीले जनाएको छ ।
पहिलो सम्मेलन सन् २०१९ को सेप्टेम्बर २०–२२ सम्म अमेरिकी राज्यको एटलान्टामा भएको थियो । दोस्रो सम्मेलन पनि त्यही मितिको आसपासमा तोकिएको छ । विश्वभर छरिएर रहेका झन्डै सयभन्दा पनि बढी नेपाली डाक्टरहरु सम्मेलनमा सहभागी हुनेछन् । सम्मेलनमा सहभागिताका लागि विश्वभर छरिरएर रहेका गैरआवासीय नेपालीहरुलाई सहभागिताका लागि एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सन्जिब सापकोट़ाले अनुरोध गरेका छन्
कोेभिड–१९ को संक्रमणले विश्वव्यापी रुपमा आक्रान्त बनेका बेला नेपाली डाक्टरहरुको यो सम्मेलनले विशेष अर्थ राख्ने बताइएको छ । कोभिड–१९ का बारेमा चरणबद्ध रुपमा छलफल हुनेछ भने युवा स्वास्थ्य, महिला स्वास्थ्य र पेशा स्वास्थ्यसम्बन्धी छलफल हुने एनआरएन स्वास्थ्य समितिले जनाएको छ । सम्मेलनमा विदेशमा कार्यरत एक सय भन्दा बढी चिकित्सकको सहभागिता रहने अपेक्षा छ !