मोहम्मद रमजान अली मियाँ
कतार / विभिन्न कारणले कतार बाहिर भएका हरुको कतार फिर्ती बारेमा कतारी निकायले पहिले जुन प्रक्रिया र प्रोटोकोल जारी गरेको थियोे। पहिले जारी गरेको नीति नियममा पुनर्बिचार गरेर त्यसमा केही परिवर्तन गर्दै सहजीकरणका साथ आगामी अगस्ट १ तारीख बाट लागू हुने गरि निम्न गाइडलाइन दिएको छ।
(१)कतार बाहिर भएका सबै जस्तै…… परिवार,श्रमिक,घरेलु कामदार,विभिन्न सरकारी एवं अर्धसरकारी निकाय नियोगमा कार्यरत रहनु हुने लगायत सबै कतार फर्कन पाउने छन।तर तिं सबैको लागि छुट्टाछुट्टै नियम निति तर्जुमा गरिएको छ।
(२)जुन जुन देश बाट कतारका निम्ति उडान सेवा सुचारु भएको छ अथवा १ अगस्ट सन् २०२० बाट उडान सेवा सुचारु हुनेछ तिं देशहरू बाट कतार प्रवेश पाइने छ।तर कतार आउने सबैले अनिवार्य रुपमा क्वारेन्टाइन बस्नु पर्ने छ। कतार सरकारले यसरी कतार प्रवेश पाउनेहरु लाई ३ प्रकारमा बिभाजन गरेको छ।
पहिलो तिं देशहरू जहाँ प्रकोपको खतरा एवं जोखिम अत्यन्तै न्यून छ।यिं देशहरुको संख्या हाल सम्म ४० छ्न र यिं देशहरू बाट आउने सम्पुर्ण नागरिकहरुले कतार आउने बित्तिकै कोरोना परिक्षण पश्चात लिखित प्रतिबद्धता सहित ७ दिन आफ्नै निवास वा कोठमा क्वारेन्टाइन बस्नु पर्ने छ।होटलमा क्वारेन्टाइन बस्नु पर्ने छैन।
दोस्रो तिं मुलुकहरू हुन जो ४० मुलुकहरु भएको सुचीमा त छैनन् तर तिं मुलुकहरुमा कतारी निकायले कुनै अस्पताल वा स्वास्थ्य केन्द्रलाइ कोरोना परिक्षणको इजाजत प्रदान गरेको छ।उनीहरुले त्यहाँ बाट कोरोना छैन भन्ने प्रमाणपत्र बोकेर ४८ घन्टा भित्र कतार प्रवेश गरिसक्नु पर्ने छ।यहाँ आइपुगे पछि कोरोना टेस्ट हुनेछ।यसपछि दोस्रो चरणको प्रक्रिया अगाडि बढ्ने छ त्यो भनेको कोरोना परिक्षण र क्वारेन्टाइन नै हो।इह्तिराज एप्स अब पहेँलो हुनेछ
टेस्ट क्वारेन्टाइन पश्चात क्रमिक रुपमा हरियो हुँदै जानेछ।पुर्ण हरियो भए पछि बाहिर निस्किन पाइनेछ।
तेस्रो भनेको तिं देशहरू हुन जहाँ कोरोना महामारी वा प्रकोप जारी नै छ चाहे उच्च होस वा कम होस वा बढ्दो होस र त्यहाँ कतार सरकारले कुनै अस्पताल अथवा कुनै स्वास्थ्य केन्द्रलाइ कोरोना परिक्षण गर्ने इजाजत वा अनुमति पनि प्रदान नगरेको अवस्था छ। जस्तै : भारत,पाकिस्तान,बङ्गलादेश,नेपाल,श्रीलंका इत्यादि।यिं मुलुकहरुबाट आउने हरुले कतार आउने बित्तिकै आफ्नै खर्चमा ७ दिन घरमा,क्याम्पमा नभइ होटेल मै क्वारेन्टाइन बस्नु पर्नेछ।यस अवधिभर सबैको इह्तिराज एप्स सुचारु हुनु पर्नेछ।शुरुमा क्वारेन्टाइन बस्दा एप्सको रङ्ग पहेँलो हुनेछ भने चेकजाँच पश्चात स्वास्थ्यको अवस्था अनुसार हरियो हुँदै जाने छ।चेकजाँचमा नेगेटिभ देखिएमा बाँकी अवधी घरमै क्वारेन्टाइन बस्ने गरि बाहिर निस्कन पाइने छ भने इह्तिराज एप्सको रंग भने पहेँलो नै रहने छ।जब सम्म हरियो हुँदैन तब सम्म क्वारेन्टाइन मै बसिरहनु पर्नेछ।
अब अर्को भनेको हाम्रो देश लगायत अन्य एशियाली मुलुकहरू बाट कतार प्रवेश गर्न चाहने आम श्रमिक,कामदार लगायत अन्यहरुको निम्ति रहेको छ।आफ्नो कम्पनीको सम्पर्कमा रहेर,इ सिस्टम बाट कतार आउने इजाजत लिनु पर्नेछ इजाजत प्राप्त भए पछि मात्र टिकट काटेर कतार आउनु पर्नेछ।कतार आइसके पछि एयरपोर्ट बाट कम्पनिको खर्चमा विशेष क्वारेन्टाइन सेन्टरमा क्वारेन्टाइन बस्नु पर्नेछ।यसको सम्पुर्ण खर्च कम्पनीले नै भुक्तानी गर्नु पर्नेछ।७ दिन पछि फेरि आफै स्वास्थ्य केन्द्रमा गएर कोरोना चेक गर्नु पर्नेछ।नेगेटिभ आएमा ठिकै छ पोजेटिभ आएमा आइसुलेशनमा पठाइने छ।यस पूरा अवधी भित्र तपाईंको इह्तिराज एप्सको रंग पहेँलो नै रहने छ।
अब यिं सबै प्रक्रियाहरु त्यतिबेला नै सम्भव हुनेछ जतिबेला तपाईं कतार आइपुग्नु हुन्छ।अब कतार आउन दुईवटा वेबसाईटको प्रयोग गर्नु पर्ने हुन्छ।
पहिलो कतार प्रवेश र भिषाको अवस्था जान्नको निम्ति portal.www.gov.qa
होटल बुकिङको लागि www.discoverqatar.qa
परिवार (Family)तथा श्रमिकहरुको निम्ति पनि पहिले भिषाको Status चेक गर्नु पर्दछ।कतार फर्कने अनुमति प्राप्त भए पछि मात्र टिकट काटेर कतार आउनु पर्दछ।फेमिलीहरु होटेलमा र श्रमिकहरु सरकार द्वारा ब्यवस्था गरिएको क्वारेन्टाइनमा कम्पनीको खर्चमा बस्नु पर्ने हुन्छ।
तर ५५ वर्ष माथिकाहरु र अशक्तता भएका बृद्धअवस्थाका,विभिन्न उच्च जोखिममा रहेकाहरु,मधुमेह,उच्च रक्तचाप,गर्ववती महिला लगायत अन्य बिरामीहरु सिधै आफ्नो घरमा क्वारेन्टाइन बस्न सक्ने प्रबन्ध मिलाइएको छ। कतार आउने चाहनेहरुले आफ्नो कम्पनीलाई सम्पर्क गरि इन्ट्री परमिट निकाल्न लगाएर प्राथमिकताको आधारमा क्वारेन्टाइन बस्ने गरि आगामी महिना अगस्ट १ देखि कतार आउन सकिनेछ!
https://portal.www.gov.qa/wps/portal?fbclid=IwAR0Ps6Vhl_Eucsjka8KrJ3c_VM7LNcjV1AZGprTqoTObrOzmvpDsH7K0PCs