बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

कोरोना संक्रमणबाट नेपालमा थप एकको मृत्यु, १४७ जना संक्रमित थपिए (भिडियोसहित)

बिहिबार, साउन ८ २०७७

काठमाडौं, ८ साउन । नेपालमा आज (बिहीबार) कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिहीबार कोरोना संक्रमणबाट वीरगञ्जमा एक जनाको मृत्यु भएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस संक्रमण संक्रमण फेला परेको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार २४१ जना पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको छ ।

बिहीबार थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसहित नेपालमा हालसम्म १२ हजार ८४० जना उपचारपछि निको भएका छन् । पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
https://www.facebook.com/mohpnep/videos/624911058132082/

प्रतिक्रिया
सम्बन्धित समाचार