शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

नवलपरासीमा अबैध मटर सशस्त्र प्रहरीको नियन्त्रणमा

बुधबार, साउन ७ २०७७

सहबान अन्सारी

नवलपरासी / नवलपरासीको सिमावर्ती क्षेत्रमा मटर तस्करी मौलाएको छ । बिभिन्न ठाँउबाट दिनहुँ तस्करीको समान नियन्त्रण गर्न प्रहरीले सक्रियता देखाएको हो।
यसै गरी मंगलवार दिउँसो सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनी र प्रहरी चौकी बसहियाको संयुक्त गस्ती टोलीले प्रतापपुर गाउँपालिका वडा नं. ७ जगरन्नाथपुरबाट अबैधरुपमा ट्याक्टरमा ल्याउदै गरेको करिब ४ लाख २५ हजार बराबरको १ सय बोरा मटर (केराउ) नियन्त्रणमा लिएको सशस्त्र प्रहरी निरिक्षक संतोष खरेलले बताए ।
नियन्त्रणमा लिएको मटर ( केराउ) आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार