काठमाडौं । कतारको दोहाबाट भएको उन्नाइसौं उडानमार्फत आज १५४ जना नेपालीहरू स्वदेश फर्किएका छन् । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज दोहाबाट काठमाडौंका लागि हिमालय एयरलाइन्सको उडानबाट १५४ (६ जना महिलासहित) जना नेपालीहरू नेपाल फर्किएका हुन् ।

नेपाल आगमनको क्रममा नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न दुताबासका प्रतिनिधि एनआरएनए प्रतिनिधि र अन्य संघ संस्थाका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । एयर्पोर्टमा नेपाल फर्कने हरुलाई बिदाई गर्न रास्ट्रिय मानवअधिकार आयोग कतारका नेपाल प्रतिनिधि रमजान अलि मिया, प्रवासी नेपालि मन्च कतारका अध्यक्ष चानक पोखरेललगाएत सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।