बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनएको ८३ औँ शाखा टर्कीमा बिस्तार, उज्वल कुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन

सोमबार, साउन ५ २०७७

टर्की / विश्वभरी छरिएर रहेका नेपालीहरुको संगठन गैर आवासीय नेपाली संघले ८३ औँ शाखाको रुपमा टर्कीमा आफ्नो शाखा विस्तार गरेको छ । संघको विधान र एनआरएन ऐनले तोके अनुसारको कागजात समयमा पेश गर्न नसकेका कारण शाखा गठन प्रकृयामा केही ढिलाइ भएको थियो । आवश्यक प्रक्रिया पूरा भएपछी टर्की नेपाली समाजका अध्यक्षसमेत रहेका उज्वल कुमार घिसिङको अध्यक्षतामा १९ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्षमा श्यामकला राई, मोहन थापा र तिला दाहाल रहेका छन् । महासचिवमा डा विनोद पौड्याल, सह–सचिवमा मोहम्मद जावेद, कोषाध्यक्षमा गीता लिम्बु र सह९कोषाध्यक्षमा नीमा छोटी शेर्पा रहेका छन् ।

यसैगरी युवा संयोजकमा मन्दिरा ओली खत्री र सुनिल पौडेल लगायत ७ जना सदस्यहरु पनि नवगठित समितिमा चयन भएका छन् । समितिको प्रवक्तामा विकास सुमन रहेका छन् । एनआरएनएका उपाध्यक्ष डा बद्री केसीको विशेष पहलमा टर्कीमा रहेका नेपालीहरुसँगको छलफलपछि समिति गठन प्रक्रियाले अन्तिम रुप लिएको हो ।

गैर आवासीय नेपाली संघको टर्की शाखाको गठनसँगै त्यहाँ रहेका हजारौं नेपालीहरु लाभान्वित हुने बताइएको छ । कोरोनाका कारण टर्कीमा समस्यामा परेका नेपालीहरुको सहयोगका लागि विशेष पहल पहल गर्ने जिम्मा नवगठित समितिलाई दिइएको छ ।

टर्कीमा वसोवास गर्ने नेपालीहरुको संख्या यकिन नभएपनि करिब ७ हजारको हाराहारीमा नेपालीहरु र्सहेका छन् । टर्कीमा अवैधानिक रुपमा वसोवास गर्ने नेपालीहरुको संख्या प्रशस्त भएको हुँदा उनीहरुको अवस्था झन् दयनीय रहेको छ । वैधानिकरुपमा रहेकाहरु पनि कतिपय बेतलबी बिदामा बस्न बाध्य छन् भने धेरैले रोजगारी गुमाएर बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार