दोहा / कोरोना भाइरसका कारण लगायत विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट दुई उडान मार्फद शनिबार ३०५ जना नेपाली स्वदेश फर्किए छन् ।

दोहाबाट काठमाडौँको लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा ३ जना महिलासहित १४९ जना रहेका छन् भने अर्को हिमालय एयरलाइन्सको जहाजमा ५ जना महिलासहित १५६ जना रहेको कतारस्थित नेपाली दूतावासका द्वितीय सचीव प्रबीण भट्टराईले जानकारी दिएका छन् ।

यस्तै कतारमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये दूतावासले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागि नेपाल एयरलाइन्सको उडानमा २ वटा नेपालीको शव पनि स्वदेश पठाइएको सचीव भट्टराईले बताए ।
यस्तै सोमबार हिमालय तथा नेपाल एयरलाइन्सले उडान गर्ने दूतावासले जनाएको छ । स्वदेश फर्कन लागेकालाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न दुताबासका प्रतिनिधि एनआरएनए प्रतिनिधि र अन्य संघ संस्थाका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । एयर्पोर्टमा नेपाल फर्कने हरुलाई बिदाई गर्न एनआरएनए आईसिसि सदस्य रमेश भट्ट, प्रवासी नेपालि मन्च कतारका अध्यक्ष चानक पोखरेललगाएत सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।



