बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

विश्वभर काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघ्याे, संक्रमितको संख्या १ करोड ४० लाख

शनिबार, साउन ३ २०७७

काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ६ लाख नाघेकाे छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार ६ लाख ६ सय ६५ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ।

यस्तै विश्वभर काेराेना संक्रमितको संख्या १ करोड ४० लाख नाघेकाे छ। शनिबार बिहानसम्म संक्रमितको संख्या १ करोड ४० लाख ३७ हजार २१ पुगेको हाे।

७८ लाख १८ हजार ४ सय ९ जना संक्रमित निको भइसकेका छन्। कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ३६ लाख ३८ हजार २ पुगेको छ भने १ लाख ३९ हजार १ सय २८ को मृत्यु भइसकेको छ। यस्तै ब्राजिलमा २० लाख ४६ हजार ३ सय २८ संक्रमित छन् भने ७७ हजार ८ सय ५१ जनाको मृत्यु भएकाे छ।

भारतमा १० लाख ३ हजार ८ सय ३२ संक्रमित छन् भने २५ हजार ६ सय २ को मृत्यु भएकाे छ। रुसमा ७ लाख ५८ हजार १ संक्रमित छन् भने १२ हजार १ सय ६ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार