बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए कतारद्धारा १९ औं चरणको राहत बितरण

शुक्रबार, साउन २ २०७७

कतार / बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको गृह मन्त्रालय द्वारा क़तार चारेटि मार्फ़त प्राप्त ख़ाद्दान, क़तारमा स्थापित नेपाली संघ संस्थाहरू बाट प्राप्त र एनसीसी क़तारको श्रमिक कोष द्वारा उपलब्ध भएको ख़ाद्दान गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले उन्नीसौं चरणमा मिति २१ जुन २०२० देखी १५ जुलाई २०२० सम्मा कतारको विभिन्न ठाउँमा रहेका ६७१ जाना नेपाली दाजु भाई तथा दीदी बहिनी हरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ।

यस राहत बितरणमा खटिनुभएको दुताबास परिवार, आईसीसी प्रतिनिधि ज्यु हरू, एनसीसी प्रतिनिधि हरू, उद्दार तथा राहत वितरण समिति संयोजक ज्यु तथा सदस्य ज्यु हरू, पत्रकार ज्युहरू तथा सहभागी सम्पूर्ण स्यमसेवक सदस्य हरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।


मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार

प्रतिक्रिया
सम्बन्धित समाचार