बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

दोहाबाट भएको तेह्रौं उडानबाट आज १४९ जना नेपालीहरू स्वदेश फिर्ता (फोटोफिचर)

शुक्रबार, असार २६ २०७७

काठमाडौं । कोभिड १९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनै पर्ने अवस्थाका नेपालीहरुले राजदूतावासको नेपाल फर्कने फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण उपलब्ध गराउनु भएबमोजिम र नेपाल सरकारले निर्धारण गरेको प्राथमिकता अनुरूप आज मिति २०७७।३।२६ (गते तदअनुसार १० जुलाई २०२०) मा दोहाबाट काठमाण्डौका लागि नेपाल एयरलाइन्सको RA 2392 को उडानबाट १४९ (७ जना महिला सहित) जना नेपालीहरू नेपाल फर्कनु भएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।

साथै, यसै बीच कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाईएको छ । आज नेपाल प्रस्थान गर्नुहुने नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको यात्रा सहजिकरणका तथा बिदाईका लागि दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूतावासका अधिकारीहरू तथा नेपाली समुदायका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। नेपाल फर्कन लागेका नेपालीलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीन भट्टराई, एनआरएनए प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न दुताबासका प्रतिनिधि एनआरएनए प्रतिनिधि र अन्य संघ संस्थाका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । एयर्पोर्टमा नेपाल फर्कने हरुलाई बिदाई गर्न रास्ट्रिय मानवअधिकार आयोग कतारका नेपाल प्रतिनिधि रमजान अलि मिया, एनआरएनए आईसिसि सदस्य रमेश भट्ट, प्रवासी नेपालि मन्च कतारका अध्यक्ष चानक पोखरेललगाएत सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार