कचनकवल । झापा जिल्लाको पुच्छारमा रहेको कचनकवल गापाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा प्र पौडेलको मनोमानी र दादागिरी रवैयाले उग्र रुप लिन थालेको छ।
कोरोनाको प्रकोपले जब जब चेप्दै गयो, देशले जनता सुरक्षीत राख्न क्वारेन्टिनको ब्यवस्थापन गर्न थाल्यो। राष्ट्रिय सरकार, स्थानिय सरकारको बजेटको ठूलो हिस्सा क्वारेन्टिन ब्यवस्थापनमा लाग्न थाल्यो।
हरेक सरकारी काममा दरभाउ प्रतिस्पर्धा गराएर गरिने परम्परा पालना गरि हाल्ने अवस्था यहाँ नभए पछि स्थानिय सरकारले तुरुन्त लाखौ लाखको सर सामान कुनै एक फर्मको जिम्मामा दियो। एक क्वारेन्टिन स्थापित त भयो र त्यहा सोहि अनुरुप लाखौको कारोबार हुने गरि खाना ब्यवस्थापनमा पनि हतारमा कुनै एकलाइ चुनेर दिइयो।
समय ब्यतित हुँदै जादा प्रकोप फैलदै जादा, बिदेश बाट घर फर्कने ब्याक्तिहरु तिव्र रुपले आउन थाले अब क्वारेन्टिन थप स्थापित गर्नुको बिकल्प रहेन। समय रहदा पनि अधिकृत पौडेलले आफू निकट फर्मबाट मात्र सामान ओसार पसार गर्न लगाए महंगो मुल्यमा। खानाको ब्यवस्थापन त्यसरी नै गराए महंगो मुल्यमै।
सहजताको लागि कुनै अन्य फर्मबाट सामान यदि लगिएको छ भने त्यस्को बारेमा उनको इन्कारी सहित हप्की धप्की उनले सुरु गरे? सिमित ब्याक्ती सगको गाठो जोडाइले उनले आफ्नो मनोमानी देखाएका छन। स्थानिय ब्याक्तिहरु काम कारवाहिका लागि जादा पनि रुखो भएर प्रस्तुत हुने गर्दछन।
अधिकृत सगको अन्तरवार्तामा उनले समय दिन चाहेनन र केही समयको अन्तर्वार्ता पश्चात् उनी हतार छ भनी उठेर बाहिर निस्कदै, पत्रकार भन्ने आएर फोटो खिचेर गयो, के गर्ने गरि दिनु पर्यो भनी स्थानिय हरि घिमिरेलाइ सुनाउदै हिडिरहेका थिए।
करोडौ भन्दा बढी क्वारेन्टिन ब्यवस्थापनमा खर्चिएको गाउपालिकाको कति बजेट यदि यो क्वारेन्टिन ब्यवस्थापनमात्र पनि बोलपत्र आह्वान गरि गरिएको जोगाउन सकिने थियो होला त? यस्ता कति काम होलान जस्मा अनियमितताको गन्ध छ? कति ठाउबाट बजेटको चुहावट भयो होला जस्मा अधिकृत स्वयं जवाफदेहिता लिन चादैनन। राम्रा देखिने मात्र केही काममा जस लिएर बारम्बार बोलेका उनले अत्यन्त छोटो अन्तर्वार्तामा गाउपालिका सग समन्वय आदिको बारेमा खुलेर भन्न सकेनन।
पौडेल बारम्बार आफ्नो कुरा फेर्छन घरी मेरो नेतृत्व र एकल प्रयासमा काम गरेको त घरी मैले सोही काम गाउँ पालिका अध्यक्ष सग परामर्श लिएर गएको। सेवाग्राही हरुको सामान्य समस्या प्रती पनि बेवास्ता देखि लिएर लाखौ लाखको बजेट यो अवस्थामा चुहाउनुले उनी प्रती गम्भीर आपत्ति स्थानियबासी ब्यक्त गर्छन। के उनी यहाँ सरकारी तलब सहित सेवामा आएका कि कमिसनको खेलमा बहकिएका छन?