बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

पछिल्लो २४ घण्टामा १३९ संक्रमणमुक्त, हालसम्म ७ हजार ८९१ ले जिते कोरोना (भिडियोसहित)

बिहिबार, असार २५ २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ७ हजार ८९१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको भएपनि पाँच जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
https://www.facebook.com/mohpnep/videos/313353093136040/

प्रतिक्रिया
सम्बन्धित समाचार