बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए मलेसियाद्धारा मलेसियामा समस्यामा परेका नेपालीलाई निःशुल्क उद्दारको माग

मंगलबार, असार २३ २०७७

मलेसिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले कोरोना संक्रमणका कारण विदेशी भूमिमा समस्यामा परेका नेपालीको निःशुल्क उद्दारको माग गर्दै विशेष ध्यानाकर्षणपत्र बुझाएको छ। संघका अध्यक्ष हरि भट्टराई नेतृत्वको टोलीले क्वालालाम्पुरमा रहेको नेपाली दूतावासमा राजदूत उदयराज पाण्डेलाई समस्यामा परेका नेपालीको तुरुन्त निःशुल्क उद्दारको मागसहित ८ बुँदे ज्ञापनपत्र बुझाएको हो।

मलेसियामा कामको सिलसिला आइ हाल बिरामी परेका तथा शारीरिक अंगभङ्ग भएका तर उपचार गर्ने पैसा नभएका बिरामीलाई निःशुल्क नेपाल पठाउन, जेलमा रहेका नेपालीकोउद्दार गरी स्वदेश पठाउन, कोरोनाको समय अगावै कम्पनीद्वारा प्रदान गरिएका र श्रमिकले आफैँ खरिद गरेका विभिन्न एयरलाइन्सको टिकट भएका तर आजसम्म नेपाल जान नसकेका श्रमिकलाई नेपाल फर्काउन विशेष पहल गर्न संघले माग गरेको छ।

यस्तै सर्वोच्च अदालतले विदेशमा अलपत्र परेका श्रमिकलाई श्रमिक कोषमा रहेको रकमबाटउद्दार गर्न दिएको आदेशलाई कार्यान्वयन गर्न, मलेसियामा ज्यान गुमाएका नेपालीको शवलाई स्वदेश पठाउन पहल गर्न, हवाइ भाडादर घटाउन तथा मलेसियाबाट छुट्टीमा नेपाल गएका हजारौं नेपाली कामदारलाई फर्काउन पहलकदमी लिन पनि दूतावासलाई संघले ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार