काठमाडौं(जस)–नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का तीनजना पाइलटसहित १४ जना उडान कर्मचारीमा कोरोना संक्रमण भएको छ । निगमका अनुसार विदेशबाट यात्रु उद्धारमा खटिएका पाइलटसहित १४ जना कर्मचारीमा कोरोना पुष्टि भएको हो । निगम स्रोतले ‘तीनजना पाइलट र अन्य ११ जना उडान कर्मचारीमा कोरोना पुष्टि भएको बताएको छ । अहिले होटलमा रहेका उनीहरुलाई आइसोलेसनमा पठाउने तयारी भइरहेको निगम स्रोतले बताएको छ ।
उनीहरु केही महिनायता विदेशबाट नेपालीको उद्धार र स्वास्थ्य सामग्री ढुवानीमा जुटेका थिए । निगमले विदेशबाट नेपालीको उद्धारका लागि खटिएका पाइलटसहितका आफ्ना कर्मचारीहरुलाई होटल सोल्टीको क्वारेन्टाइनमा राख्दै आएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका सात सदस्यको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको निगमले जनाएको छ । अन्य सात सम्बधित क्रु मेम्बरको पुष्टि हुन बाँकी रहेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पीसीआर परीक्षण गर्दा सात जना क्रु मेम्बरलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको निगमले जनाएको छ । उनीहरुको उपचारसम्बन्धी आवश्यक व्यवस्था निगम व्यवस्थापनले गरिरहेको र थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत सञ्चालन हुने निगमले स्पष्ट गरेको छ । निगमले उद्धार उडानमा सम्मिलित चालक दलका सदस्य एवं अन्य उडान कर्मचारीका लागि आवश्यक निर्धारित मापदण्डअनुसारको जिम्मेवारी पूरा गर्दै आएको पनि उल्लेख गरेको छ ।
यसैबीच पर्यटनमन्त्री योगेश भट्टराईले सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल एयरलाइन्सका चालक दलका केहि सदस्यलाई कोरोना पोजेटिभ देखिएकोमा दुख लागेको बताएका छन् । मन्त्री भट्टराईले उनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले भनेका छन् –’नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका (ल्ब्ऋ) चालक दलका केहि सदस्यमा ऋयचयलब एयककष्तष्खभ देखिएकोमा दुख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।’