काठमाडौं, २१ असार । एनआरएनएलाई आईएलओले ५ करोड अनुदान दिएकोमा एनआरएनए मध्यपूर्व हर्षित भएको जनाएको छ । यो अनुदानले मध्यपूर्वका समस्यामा परेका नेपालीलाई मलहम लगाउन सहयोग पुग्ने एनआरएनए मध्यपूर्व संयोजक प्रविन गुरुङले विश्वास व्यक्त गरेका छन् । ‘कोरोना कहर संगै आएको विविध समस्याहरू संग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) वीच ४ लाख २४ हजार ३ सय १० अर्थात नेपाली रुपैंया ५ करोड १० लाख अनुदान सम्झौता भएको प्रति म र मेरो मध्यपूर्व टिम निकै हर्षित रहेका छौं। एनआरएनको अभियान अन्तरगत इतिहासमै पहिलो पटक मध्यपूर्वका युएई, कतार र साउदी अरब साथै दक्षिण एशियाली मुलुक मलेशियाका लागि प्राप्त यस रकमले यस क्षेत्रका निकै पिडामा परेका नेपालीलाई मलम लगाउन सकिने छ भन्ने विश्वास लिएको छ’, गुरुङले जारी गरेको विज्ञप्तिमा छ ।
आईएलओको उक्त कार्यको एनआरएनए मध्यपुर्व र मलेशियाले स्वागत गरेको छ । एनआरएनए मध्यपुर्बका संयोजक प्रविन गुरुङ, सहसंयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याल,मध्यपुर्व युवासंयोजक राज रेग्मीलगाएत एनआरएनए मध्यपुर्बका सबै एनसिसिका अध्यक्षहरुले अहिलेको कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुको उद्दार हुने बताए ।
विज्ञप्ति :
कोरोना कहर संगै आएको विविध समस्याहरू संग लड्नको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) र संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) वीच ४ लाख २४ हजार ३ सय १० अर्थात नेपाली रुपैंया ५ करोड १० लाख अनुदान सम्झौता भएको प्रति म र मेरो मध्यपूर्व टिम निकै हर्षित रहेका छौं। एनआरएनको अभियान अन्तरगत इतिहासमै पहिलो पटक मध्यपूर्वका युएई, कतार र साउदी अरब साथै दक्षिण एशियाली मुलुक मलेशियाका लागि प्राप्त यस रकमले यस क्षेत्रका निकै पिडामा परेका नेपालीलाई मलम लगाउन सकिने छ भन्ने विश्वास लिएको छु।
यस एतिहासिक पहलको लागि संघका अध्यक्ष श्री कुमार पन्त ज्यूँ र वैदेशिक रोजगार विभाग र प्रस्ताव निर्माण समितिको प्रयास समितिमा रही अहोरात्र काम गर्ने समितिका संयोजक तथा संघका प्रथम उपाध्यक्ष डा बद्रि केसी ज्यूँ, संघका महासचिव डा. हेम राज शर्मा ज्यूँ, डा. परू श्रेष्ठ ज्यूँ र श्री एकनाथ खतिवडा ज्यूँ प्रति हार्दिक आभार व्यक्त गर्दै मध्यपूर्वको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
संघले यस क्षेत्रमा रहेका नेपालीहरूको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कोरोना कहर कै कारण रोजगार गुमाउन बाध्य नेपालीहरूलाई परामर्श दिने तथा तत्काल नेपाल फर्किनेहरूका लागि समेत खर्च गर्ने तयारी गरेकोमा संघका अध्यक्ष श्री कुमार पन्त ज्यूँ एवं सम्पूर्ण समिति प्रति हार्दिक कृतज्ञता सहित खुशी व्यक्त गर्दछु। यस क्षेत्रका कुटनितिक नियोग तथा एनसिसिको पूर्ण सक्रियतामा वास्तविक पिडित पहिचान गरि यो रकमलाई सदुपयोग गर्दै राहत तथा उद्धार गर्ने प्रतिवद्धता समेत व्यक्त गर्दछु।
गैर आवासीय नेपाली संघ प्रदेशमा रहेका नेपालीको एक सच्चा साथी रहेको र नेपालीका लागि नेपाली भन्ने शब्दावलीको पहरेदार भएको विश्वास दिलाउँदै यस क्षेत्रमा रहेका एनसिसि लगाएत सम्पूर्ण नेपाली संघ संस्थाहरू तथा बुद्धिजीवीहरूलाई वास्तविक पिडित पहिचान गरी पिडामा मलम लगाउने कार्यमा संलग्न रहन हार्दिक अनुरोध गर्दछु।
प्रविण गुरुङ
संयोजक
एनआरएनए मध्यपूर्व