काठमाडौं । गैर आवासीय नेपाली संघ अमेरिकाको नवौं वार्षिक साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलन शुरु भएको छ । सम्मेलन ३ जुलाईदेखि ५ जुलाईसम्म सम्मेलन आयोजना हुने अध्यक्ष सुनिल शाहले जानकारी दिए ।
विज्ञप्ति :
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिकाका सदस्य ज्यूहरु
अमेरिकाबासी गैर आवासीय नेपाली आमा बुबा, दाजु भाई तथा दिदि बहिनीहरु सम्पूर्णमा नमस्कार ।
सर्वप्रथम, गैर आवासीय नेपाली संघ अमेरिकाको सुरु हुन लागेको नवौं वार्षिक साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनमा सहभागिताका लागि सबैमा हार्दिक अनुरोध गर्दछौं ।
अनलाइन मार्फत आज जुलाई ३ देखि जुलाई ५,२०२० सम्म संघको वार्षिक साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनको आयोजना हुदैछ । साधारण सभा तथा राष्ट्रिय ज्ञान सम्मेलनका लागि संस्थाको तर्फवाट सबैमा निमन्त्रणा पठाइसकिएको छ । यदि कथंम कदाचित निमन्त्रणा प्राप्त नगर्नुभएको भए यसैलाई निम्तो मानी सहभागि भैदिनुहुन सबैमा अनुरोध छ ।

संस्थाको साधारणसभाको बन्द सत्रमा दर्ता गर्नुभएका सदस्यहरुको मात्र प्रवेश रहनेछ भने यस बाहेक ३ दिनमा हुने अन्य कार्यक्रममा सबैले सहभागिता जनाउन र अवलोकन गर्न पाउनुहुनेछ । नेपाल सरकारका परराष्ट्र मन्त्री माननीय प्रदिप कुमार ज्ञवाली ज्यूको साधारणसभामा प्रमुख आतिथ्यता रहनेछ ।
ऐतिहासिक साधारणसभासगैं जुलाई ४ मा आयोजना गरिएको राष्ट्रिय ज्ञान सम्मेलन निकैं विशिष्किृत उपयोगी कार्यक्रम हुने यहाहरुमा जानकारी गराउन चाहन्छौं । तपाईहरुको साथ, सहयोग र सहभागिताले तपाई हामी सबैको साझा संस्था एनआरएनए, अमेरिकाको यो नवौं साधारण सभा तथा राष्ट्रीय ज्ञान सम्मेलन भव्यताका साथ सम्पन्न हुनेमा हामी विश्वस्त छौं ।
जय एनआरएन । जय एनआरएनए अमेरिका ।
सुनील साह
अध्यक्ष
एवं
गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद्, अमेरिका परिवार
३ जुलाई, २०२०