शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

एनआरएनए नलेज कन्फेरेन्स सेप्टेम्बर ५ मा क्यानाडामा आयोजना हुने, नर्थ अमेरिका संयोजक त्रिपाठी भन्छन–कन्फेरेन्स सफल बनाउँछौं

शुक्रबार, असार १९ २०७७

काठमाडौं, १९ असार । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्थ अमेरिका संयोजक राजन त्रिपाठीको अध्यक्षतामा बसेको यस क्षेत्रका पदाधिकारी बैठकले क्यानडामा नलेज कन्फेरेन्स निर्णय गरेको छ । संयोजक त्रिपाठी सँगै डिआरसी, आइसिसी सदस्य ,मानार्थ आइसिसी सदस्य तथा यस क्षेत्रका एनसीसीका अध्यक्ष महासचिव सहितको बैठकबाट आउँदो सेप्टेम्बर पहिलो हप्तामा क्यानडामा नलेज कन्फरेन्स गर्ने सर्वसम्मत निर्णय गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बाट गत जुन २०–२१ मा गर्ने भनिएको नलेज कन्फ्रेन्स कार्यक्रम स्थगित गरिएको थियो । मिटिङमा उपस्थित सम्पुर्ण सदस्यले अमेरिकाको अधिवेशनलाई भव्य सफल बनाउन शुभकामनासमेत दिएका थिए भने सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्ने कुरा समेत व्यक्त गरेका थिए ।

सेप्टेम्बर ५ मा गर्ने कार्यक्रमलाई भव्य सफल बनाउन छिट्टै बिभिन्न कमिटी हरुको गठन गरिने जानकारी आरसी राजन त्रिपाठीले बताए । पुनः क्यानडामा नै उक्त कार्यक्रमको लागी मिति तय भएपछी आफुहरु उत्साहित भएको र छिट्टै कार्यसमिति बैठक बसेर यसलाई सफल बनाउन तयारी थाल्ने एनआरएनए एनसिसि क्यानडाका महासचिब पिताम्बर भट्टराईले बताए । उनले उक्त सम्मेलन सभ्य र भब्य बनाउन आफुहरुले कुनै कसुर बाँकी नराख्ने समेत बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार