काठमाडौं, १९ असार । कतारको दोहाबाट १४७ जना नेपाली आज बिहानै स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडानमार्फत ६ जना महिला र १४१ जना पुरुष आज स्वदेश आइपुगेका हुन् ।

जहाजले कतारमा ज्यान गुमाएका दुई नेपालीको शव पनि ल्याएको छ । कतारबाट समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि भएको यो ८ औं उडान हो ।

नेपाल फर्कन लागेका नेपालीलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीन भट्टराई, एनआरएनए प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न दुताबासका प्रतिनिधि एनआरएनए प्रतिनिधि र अन्य संघ संस्थाका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । एयर्पोर्टमा नेपाल फर्कने हरुलाई बिदाई गर्न एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङ,आईसिसि सदस्य रमेश भट्ट, प्रवासी नेपालि मन्चका अध्यक्ष चानक पोखरेललगाएत सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

आज कतारकै दोहाबाट कतार एअरवेज पनि नेपाली लिएर नेपाल आउँदैछ । आज यूएईबाट नेपाली लिएर दुईवटा जहाज आउँदैछन् भने मलेसियाको क्लालाम्पुरबाट मलिण्डो एअर नेपाली लिएर आउँदैछ । कुवेतबाट पनि आममाफीमा सहभागी नेपाली स्वदेश फर्कंदै छन् ।