बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारबाट दुई जहाजमार्फत मंगलबार २ सय ९९ नेपाली फर्किए (फोटोफिचर)

बुधबार, असार १७ २०७७

दोहा, १७ असार। कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने क्रममा मंगलबार पहिलो चरणको छैटौं र साताैँ पटक नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको उडानमार्फत् कतारबाट २ सय ९९ जना नेपाली स्वदेश फर्केका छन् ।


कतारस्थित नेपाली दूतावासका द्वितीय सचिव प्रबीण भट्टराईले दिएको जानकारी अनुसार छैटौं चरणको नेपाल एयरलाइन्सको उडानमार्फत् २ जना महिला र १ सय ४३ जना पुरुष रहेका छन् । सो उडानमा कोरोनाका कारण मृत्यु भएका १ जना नेपालीको शव पनि नेपाल पठाईएको सचिव भट्टराईले बताए । त्यसैगरी सातौ चरणको हिमालय एयरलाइन्सको उडानमार्फत ६ जना महिला र १ सय ४८ जना पुरष पनि पनि आजै नेपाल फर्किएका छन् ।


प्राथमिकतामा परेका र स्वदेश फर्कनै पर्ने नेपालीहरुलाई उद्धार उडान मार्फत् काठमाडौं पठाइएको दूतावासले जनाएको छ ।उनीहरुलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीण भट्टराई, एनआरएनए कतारका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।


स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न दुताबासका प्रतिनिधि एनआरएनए प्रतिनिधि अन्य संघ संस्थाका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । एयर्पोर्टमा नेपाल फर्कने हरुलाई बिदाई गर्न एनआरएनए आईसिसि सदस्य रमेश भट्ट, प्रवासी नेपालि मन्चका अध्यक्ष चानक पोखरेललगाएत सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


यस्तै अर्को उडान बिहीबार नेपाल एयरलाइन मार्फत हुने छ भने गत जुन २०, २८, २९ र ३० को उडानका लागि दूतावासले प्रकाशित गरेको प्राथमिकताको सूचीमा नाम भएका तर विविध कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले उक्त एयरलाइन्सको आधिकारिक ट्राभल एजेन्सीमा थयाशिघ्र सम्पर्क गरि टिकेट लिन दूतावासले आग्रह गरेको छ ।


साथै, एहतराज एप प्रयोग नल्याएको व्यक्तिले उडान गर्न नसक्ने हुनाले सम्बन्धित सबैले आफ्नो मोबाईलमा एहतराज एप अनिवार्य रुपमा डाउनलोड गरी प्रयोगमा ल्याउन समेत दूतावासले अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार