शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

आदिवासीको पहिचान झल्काउदै कचनकवलका स्थानिय युवाहरु

मंगलबार, असार १६ २०७७

कचनकवल झापा / यहाँ बाहुल्यतामा रहेका आदिवासी, राजवंशी समुदाय एक पृथक इतिहास र सभ्यता बोकेको समुदाय हो। यो गाउँपालिका आदिवासीका साथ साथै मनग्य मुसलमान, राई, लिम्बू, गनगाइ, माझी, गुरुङ्ग, बाहुन, क्षत्री , नेवार आदि लगायत बस्छन जस्बिचमा कहिल्यै पनि जातियता, साम्प्रदायिकता र पहिचानको लडाइ भएन। ६२ ६३ को जन आन्दोलन देखि अझ धेरै उठेको पहिचानको मुद्दाले हर एक क्षेत्रलाइ छोयो र विभेद न आएको पनि हैन तर यो एक यस्तो बुद्ध भुमी झै थियो कि शान्ती नै यहाँको नीति ।

कचनकवल गापा, पछिल्ला ३० ४० बर्ष देखि सबैको चुनिन्दा ठाउँ बन्यो। खेतीयोग्य सुन्दर जमिन, हरियाली, बिकासका संभावना ज्यादा भएको यस्ता विशेषताले गर्दा। आज यो गाउँपालिकाको मुटु भनेर साविक बनियानी गाविसलाई चिनिन्छ जस्को पुरातन नाम बेनियानी रहेको यहाँका बुज्रुकहरु बताउनु हुन्छ। बेनियानीबाट अपभ्रंस हुँदै बनियानी गाउँ बिकास समिती बनेको यश ठाउमा लोकतान्त्रिक आन्दोलन अगावै ९ वार्ड थिए र विभिन्न चौकहरु। आज स्थानिय निकायको ब्यवस्था भए लगत्तै यो गाउँपालिका ७ वडामा बिभाजित भए जस्मा एक बनियानी नै रह्यो।

बेनियानीबाट बनियानी हुन गएको यश ठाउमा ६२ ६३ को जन आन्दोलन पश्चात् हर स्थानमा बेनियानी लेख्दै नाम परिवर्तनको प्रयास भयो जुन सम्भव भएन। बनियानी, बेनियानीबाट अपभ्रंसित भएतापनी भाव उहि बोकेको बनियानी, सरकारी कामकाजमा चलेका कारण यहि नै यथावत रह्यो। आज यो ठाउँको रुप रेखा बदलिएको छ विभिन्न भाषी, जात, थर र समुदायका मानिसको आगमनले व्यापार ब्यवसायमा चुरो चुमेको छ। सहरीकरण भएको छ यो वडा बनियानी।

इतिहास तथापी कसैले भुल्न हुदैन, संस्कृति र संस्कार कसैले कसैको अपमान गर्न हुदैन बरु जगेर्ना गर्नु पर्छ। आज यसैको श्री गणेश गरे बनियानी बासी युवाहरुको समूह ले। करिब ८० जनाको संख्यामा भेला भएका युवाहरु जो १८ देखि ३८ बर्ष बिचका थिए, उनिहरुले सबले भुल्दै गएको ऐतिहासिक महत्व बोकेको यहाँको आदिवासी राजवंशी समुदायको पहिचान झल्काउने गरि एक चौकको नाम “बेनियानी” राखि त्यस्को बोर्ड राखे।


राई, लिम्बू, सन्थाल, माझी, बाहुन, क्षेत्री, राजवंशी, मुसलमान, गुरुङ्ग लगायत यहाँ बस्ने प्राय सबै जात जातिका युवा सम्मिलित समुहले सो कार्य गरेको हो। स्थानिय बुद्दिजिवी, आदरणिय बुज्रुकहरु, इतिहासका जानकार ब्याक्तित्वहरुको सल्लाह र सुझावलाइ सिरोधार्य गरि बनियानिको पनि मुटुमा रहेको चौकमा सो बोर्ड राखी नामाकरण गरिएको छ। “बेनियानी” आफैमा इतिहास हो, हामी आदिवासी समुदाय र यहाँ का स्थानिय बासिन्दाको भावना अनुरुप चल्छौ सम्मान गर्दै” भन्दै स्थानिय युवा नारायण नेपालले यो कार्यमा सरिक सबैलाइ धन्यवाद दिए।

” आज केही राम्रो कार्यको सुरुवात गरेको महसुस भयो, अब हामी सहकार्य गर्दै अगाडि बढ्छौ” बिकास घिमिरे भन्छन। ” युवाहरुले नश्लिय सोच त्यागेर समान ब्यवहार गर्दै बढ्नु पर्छ, त्यस्को उदाहरण हो आज” आशिषले भने। नवीन भन्छन ” सबै जात जातिका युवाहरुको यत्रो जमात देख्दा परिवर्तन र स्थायित्व बास्तबमा सम्भव छ।”

“हामी यतिमा मात्र सिमिती हुदैनौ, आदिवासिको पहिचान बोक्ने स्तम्भ, स्कुलहरुमा उनिहरुको भाषाको अध्ययन अध्यापन गराउने ब्यवस्था, संस्कृति जगेर्ना गर्न सो सम्बन्धी कार्यक्रम गर्ने, पर्वहरु संयुक्त रुपमा मनाइ पर्यटनमा पनि प्रवर्द्धन गर्ने दिर्घकालिन सोच हामिले लिएका छौ।” स्थानिय युवा निश्चल दाहाल भन्छन।

‘हर एक समुदायको आफ्नो इतिहास छ ती सबैलाइ समेटेर सबैको समान प्रतिनिधित्व गराउन र पहिचान स्थापित गराउन हामी लाग्नु पर्ने र जातियताको नाममा राजनिती बन्द गर्नु पर्ने धारणा राख्छन’ बिष्णु। यो कार्यको प्रसंसा स्थानियबासी लगायत आदिवासीले गरिरहदा युवाहरु अझ उत्सुक र उत्साहित देखिन्थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार