बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

कोरोनाभाइरस संक्रमणका कारण विश्वभर मृत्यु हुनेको संख्या पाँच लाख माथि (अपडेट)

सोमबार, असार १५ २०७७

काठमाडौँ(जस)– वैश्वीक स्वास्थ्य महामारी तथा स्वास्थ्य संकट बनेको कोरोनाभाइरस (कोभिड-१९) को महामारीका कारण विश्वभर मृत्यु हुनेको संक्रमित व्यक्तिहरुको संख्या ५ लाख माथी नाघेको छ भने विश्वभर ५५ लाख बढी मानिसले संक्रमणलाई जितिसकेका छन् । । नेपालमा हालसम्म कोरोनाभाइरसको संक्रमणबाट २८ जनाले ज्यान गुमाएका छन् भने ३,०१३ जना कोरोना संक्रमितहरु स्वस्थ्य भएर घर फर्किसकेका छन् ।

विश्वकै जटिल स्वास्थ्य चुनौति बनेको कोरोनाभाइरस (कोभिड-१९)को असर दिनानुदिन बढ्दै गएको छ । जुनसुकै उमेर समूहका व्यक्तिमा पनि यसको संक्रमणको घटना देखिसकिएको छ । नेपालमा हालसम्म परिक्षण भएका २१५,८३९ मध्ये १२,७७२ मा संक्रमण भेटिएको छ ।

अहिलेसम्म कोरोनाभाइरसका कारण १ करोड १० लाख बढी व्यक्ति सङ्क्रमणको चपेटामा परेका छन् । संयुक्त अधिराज्य अमेरीकामा २६ लाख ३७ हजार ७७ जना अमेरिकीहरुमा कोरोनाका संक्रमण भेटिएको छ । विश्वमैं सबैभन्दा बढी ज्यान गुमाउने संक्रमितको देशमा अमेरीका माथी छ । अहिलेसम्म संयुक्त अधिराज्य अमेरिकामा १ लाख २८ हजार ४३७ संक्रमितले ज्यान गुमाउनुपरेको छ । त्यस्तै संक्रमणलाई जितेर १० लाख ९३ हजार ४५६ जना अमेरिकी स्वस्थ्य भएका छन् । तर अमेरिकी स्वास्थ्य अधिकारीहरुको अनुसार अमेरिकामा संक्रमितहरु अझै ब्यापक थपिन सक्छन् । (तथ्यांकहरु नेपाल समय बिहान ८ः५५ सम्म – असार १५, २०७७)

कोरोना भाइरसको संक्रमण दक्षिण एशिया र अफ्रिकी देशहरुलाई पनि ब्यापक संक्रमणको चपेटामा बाँधिरहेको छ र विश्व स्वास्थ्य संगठन अनुसार जुलाई महिनाभरमा यो उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार