बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारबाट १५६ जना नेपाली लिएर हिमालय एयरलाइन्स काठमाडौँका लागि उड्यो, कतारमा सक्रिय अभियन्ताले गरे बिदाई (फोटोफिचर)

बिहिबार, असार ११ २०७७

कतार (जस)–कोरोना भाइरसले पारेको असहज परिस्थितिको कारण स्वदेश फर्किन नपाएका तथा कतारस्थित नेपाली दूतावासमा घर फर्किन पाऊँ भन्दै फारम भरेका प्राथमिकताको आधारमा परेका १५६ जना नेपाली लिएर हिमालय एयरलाइन्स हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँका लागि उडेको छ ।

तेस्रो चरणमा हिमालय एयरलाइन्सको उडान एनएस एच९५६३२ बाट १४६ जना पुरुष, ८ जना महिला २ जना बच्चा सहित १ सय ५६ जना नेपालीहरू स्वदेश फर्किएका छन् ।

स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न एनआरएनए प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । एयर्पोर्टमा नेपाल फर्कने हरुलाई बिदाई गर्न एनआरएनए आईसिसि सदस्य रमेश भट्ट, प्रवासी नेपालि मन्चका अध्यक्ष चानक पोखरेल, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, उपाअध्यक्ष उत्तम गुरुङलगाएत सङ्घ सन्स्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार