शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

बागलुङको जैमिनी नगरपालिकाको चौथो बजेट तथा कार्यक्रम प्रस्तुत, स्थानीय स्रोत र साधनको अधिकतम परिचालनमा जोड (पूर्णपाठ)

बिहिबार, असार ११ २०७७

बागलुङ (जस)– बागलुङको १० स्थानीय तह मध्ये एक जैमिनी नगरपालिकाको चौथो बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरपालिकाले आगमी आर्थिक वर्ष २०७७र०७८ को बजेट सर्वजनिक गरेको हो । स्थानीय तहले कानूनी रुपमा असार १० भित्र ल्याउनै पर्ने भएकाले नगरपालिकाले बुधबार समयभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याएको हो ।
नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७।७८ को लागि आय तर्फ कुल जम्मा रु। ६३,४२,२०,३७३। त्रिसठ्ठी करोड बयालिस लाख विस हजार तिन सय त्रिहत्तर रुपैया मात्र र व्यय तर्फ कुल जम्मा रु ६३,४२,२०,३७३ तिरसठ्ठी करोड बयालिस लाख विस हजार तिन सय त्रिहत्तर रुपैया मात्र प्रस्ताव गरेको छ । उल्लेखित बजेटमा गैरसरकारी क्षेत्रको बजेट समावेश गरिएको छैन ।

स्थानीय स्रोत र साधनको अधिकतम परिचालन, सहि सदुपयोग र आम जनसहभागिताको माध्यमबाट दीगो विकासमा जोड दिदै उत्पादन वृद्धि गरि गरिबी न्यूनीकरणमा सहयोग पुरयाउने बजेटको प्रमुख लक्षय तय गरिएको छ ।

बजेटको पूर्णपाठ :


आदरणीय नगरप्रमुख ज्यु,
नगर सभा सदस्यज्यूहरु

राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र र जनजीविका प्राप्तिको आन्दोलनमा विभिन्न कालखण्डमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात, अज्ञात सहिदहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु । राष्ट्रिय स्वाधीनता, स्वाभिमान, लोकतन्त्र, संघीयता, जनजीविका, सुशासन र समृद्धि प्राप्तिको आन्दोलन र क्रान्तिको नेतृत्व गर्ने नेताहरु, नागरिक समाज, सञ्चार जगत र सहभागि जनसमुदायलाई उच्च सम्मान र प्रशंसा गर्दै वधाई र धन्यवाद व्यक्त गर्दछु । लोकतन्त्र, दीगो शान्ति, सुशासन साथै यस क्षेत्रको विकास र समृद्धिको लागि जैमिनी नगरपालिकाको चौथो बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस गरिमामय नगरसभामा सम्बोधनको लागि उपस्थित भएको छु ।

संविधान सभाबाट संविधान जारी गर्ने नेपाली जनताको करिब साढे छ दशक लामो चाहना २०७२ साल असोज ३ गते नेपालको संविधान जारी भएसँगै पुरा भएको छ । संविधानले नेपाललाई एक स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, समावेशी, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रुपमा स्थापित गरेको छ । मौलिक हक, प्रेस स्वतन्त्रता, जनतन्त्र तथा जनजीविकाको अधिकारहरु संविधानले प्रस्तावनाबाटै आत्मसात गरेको छ । नेपालको संविधानले संघीय शासन व्यवस्था अन्तरगत राज्य शक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्ने गरी तीन वटै तहको एकल तथा साझा अधिकार किटान गरेको छ । तीनवटै तहका सरकारले संविधान र कानूनको सीमाभित्र रही स्वतन्त्र रुपमा अधिकारको प्रयोग गर्ने अवसर पाएका छन ।


संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था रहेको छ । यी तीन वटै तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित रहेको छ । स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय तहमा विधायिकी, कार्यकारिणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकार संचालनका लागि स्थानीय सरकार संचालन ऐन २०७४ जारी भई कार्यान्वयनमा रहेको छ । स्थानीय तहमा जनप्रतिनिधिको वहालीसँगै संविधानमा व्यवस्था भएको संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयताको कार्यान्वयन गर्दै स्थानीय सरकार संचालन गर्नुपर्ने अभिभारा जनप्रतिनिधि उपर आएको छ । साथै लोकतान्त्रिक, समावेशी, जवाफदेही, पारदर्शी र प्रभावकारी स्थानीय शासनको अनुभूति जनतालाई गराउने दायित्व पनि निर्वाचित जनप्रतिनिधिमा रहेको छ । यसै सन्दर्भमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि स्थानीय सरकारको रुपमा नगरसभामा बजेट प्रस्तुत गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको छु ।

लामो संघर्ष पछि नेपाली जनताको चाहना अनुरुप संघीय स्वरुपको समावेशी जनप्रतिनिधिमूलक राज्य प्रणाली स्थापना भएको छ । स्थानीय तहका निर्वाचनबाट लोकतान्त्रिक शासन प्रणाली संस्थागत भएको छ । स्थानीय सरकारलाई राज्यका सम्पूर्ण स्रोत र सामर्थ्यको सदुपयोग गरी विकास र समृद्धिको यात्रामा अविचलित रुपमा अगाडी वढ्न उत्प्रेरणा मिलेको छ ।

स्थानीय सरकार “सम्मृद्ध जैमिनी, सुखी जैमिनी नगरवासी” बनाउने दीर्घकालिन उद्धेस्य अनुरुप आर्थिक, सामाजिक एबं लैंगिक समानता तथा सामाजिक समाबेशीकरण समेतको विकासको मौलिक ढाँचामा अघि वढिरहेको छ । उच्च आर्थिक बृद्धिसँगै त्यसको न्यायपूर्ण वितरणबाट सर्वाङ्गिण विकास हासिल गर्न सकिने यस जैमिनी नगरको लक्ष्य रहेको छ । सवै जैमिनीबासी नागरिकका लागि मर्यादित जीवन, स्वच्छ खानेपानी, न्यूनतम खाद्य सुरक्षा, आधारभूत स्वास्थ्य, शिक्षा र सुरक्षित आवास जस्ता अत्यावश्यक आवश्यकताको परिपूर्ति नै हाम्रो समाजवाद उन्मुख समाज निर्माणको प्रस्थान विन्दु हुनेछ ।


आदरणीय नगरप्रमुख ज्यु,
नगर सभा सदस्यज्यूहरु

अहिले विश्व कारोना भाइरस कोभिड १९ को चपेटामा परेको छ । हाम्रो नगरमा पनि कोरोनाको कारण २०७६÷०७७ को विकास आयोजनाहरु प्रभावित भएका छन । यस महामारीले आम जनताको जनजीवनमा प्रभाव पारिरहेको छ । शिक्षा, स्वास्थ्य, व्यापार ब्यबसाय कृषि तथा पशु उत्पादनमा प्रत्यक्ष असर पु¥याई रहेको छ ।
ज्ञान र शिक्षादिने बिद्यालयहरु, विदेशबाट आएका जैमिनीका नागरिक बस्ने होल्डिंग सेन्टर क्वारेन्टाइन र आइसोलेशनका केन्द्र बनाउनु पर्ने बाध्यता आइ लागेको छ । विकास आयोजनामा केन्द्रीत हुनुपर्ने बेला स्वास्थ्य सामग्रीहरु खरिदमा खर्चिनुपर्ने भएको छ । विश्व भरि फैलिएको यस महामारीले छ महिना ब्यतित गरेता पनि हाम्रो देश नेपाल र जैमिनी नगरपालिकालाई पछिल्लो समयमा प्रताडित बनाएको छ । जैमिनी नगर क्षेत्रमा समेत यसको प्रवेशको सुरुवात संगै सबै जैमिनी बासि सजक र सतर्क रहदै जिबन यापन गर्न हार्दिक अपिल गर्दछु ।
यस महामारी नियन्त्रणका लागि आफ्नो जिउ ज्यानको प्रवाह नगरी २४ सै घण्टा उपचार सेवामा खटिनु भएका जैमिनी स्वास्थ्य शाखा, प्राथमिक स्वास्थ्य केन्द्र, सम्पूर्ण स्वास्थ्य चौकीका स्वास्थ्य कर्मीहरु र महिला स्वास्थ्य स्वयम सेविका हरुलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछु । यस महामारी नियन्त्रणको अभियानमा बिभिन्न हिसाबले सहयोग गर्नुहुने सम्पूर्ण जन प्रतिनिधिहरु, राजनीतिक दल, सामाजिक संघ संस्थाहरु, नागरिक समाज, नागरिक निगरानी समुह, सुरक्षाकर्मीहरु लगायत सम्पूर्ण सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु ।
आर्थिक सहयोग गर्नेहरु राहत उपलब्ध गराउनेहरु एएभ् का सामग्री दिनुहुनेहरु सबैलाई बिशेष आभार दिन चाहनछु ।

आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट तर्जुमा गर्दा मैले जैमिनी नगरपालिकाको नीति तथा कार्यक्रमको प्राथमिकता अनुसार चालु आवधिक योजना, दीगो विकास लक्ष्य, जैमिनी नगरसभाका सदस्यहरुले दिनुभएका सुझावहरुलाई मार्गदर्शनको रुपमा लिएको छु । राजनीतिक दल, संघसंस्था, विद्धतवर्ग, नागरिक समाज , कर्मचारी, शिक्षक तथा आम नगरवासी दिदी वहिनी दाजुभाईहरुबाट प्राप्त रचनात्मक सुझावहरुलाई समेत ध्यान दिएको छु ।


बजेटको लक्ष्य
स्थानीय स्रोत र साधनको अधिकतम परिचालन, सहि सदुपयोग र आम जनसहभागिताको माध्यमबाट दीगो विकासमा जोड दिदै उत्पादन वृद्धि गरि गरिबी न्यूनीकरणमा सहयोग पु¥याउने ।
बजेटको उद्धेस्य स्–
१ आर्थिक विकास ९पर्यटन प्रबर्धन, कृषि तथा पशु नमुना फार्म, लघु उधमको प्रबर्धन समेतका० तथा गरीबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने ।
२ समग्र नगर क्षेत्रको समानुपातिक र सन्तुलित विकासमा सहयोग पु¥याउने ।
३ स्थानीय स्रोत र साधनको प्रयोग र जनसहभागिताको परिचालनबाट दीगो र वातावरणमैत्री विकासमा सहयोग पु¥याउने ।
४ रोजगारी र स्वरोजगारको विभिन्न अवसर सृजना गरी सम्वृद्धि तर्फ उन्मुख गराउने ।
आय आर्जन, सिप विकास क्षमता अभिबृधि एबं ज्ञान आर्जन जस्ता बिषयगत तालिम कार्यक्रम संचालन गरि क्षमताको विकाश गरि दक्ष जनशक्ति निर्माण गर्ने ।
५ सामाजिक समावेशीकरणको माध्यमबाट आर्थिक, सामाजिक क्षेत्रको विकासमा सहयोग पु¥याउने ।
६ राज्यबाट विभेदमा पारिएका महिला, बालवालिका, जेष्ठ नागरिक, एकल महिला, फरक क्षमता, आदीवासी, जनजाती, दलित, अल्पसंख्यक, लोपोन्मुख समुदायलाई आर्थिक तथा सामाजिक विकासको मूलप्रवाहमा समाहित गर्ने ।
७ स्रोत र साधनको समुचित प्रयोगबाट सन्तुलित विकासमा जोड दिने ।
८ उद्यमशीलताको प्रवद्र्धन गरी आर्थिक अवस्थामा सुधार ल्याउने ।
९ गुणस्तरीय शिक्षाको माध्यमबाट सक्षम र उच्च प्रकारको जनशक्ति उत्पादन गर्ने ।
१० नगरपालिकाको आफ्नै भबन एबं वडा कार्यालय र बिषयगत क्षेत्र समेतका भबन निर्माण गरि नागरिकलाई शुलभ सेवा पुर्याउने ।
११ कोभिड १९को प्रभावले बैदेशिक रोजगारीबाट फर्केका नागरिकहरुलाई उनीहरुको सिप, क्षमताको अधिकतम उपयोग गरि आय मूलक काममा प्रयोग गरिने छ ।


बजेटका अपेक्षित उपलब्धीहरु :
१ कुश्मिसेरा बजारदेखि जैनपा कोरिडोर सम्म जोडिने सडक खण्ड कालोपत्रे गरिएको हुने छ ।
२ जैनपा अन्तर्गत विभिन्न वार्डका तत्काल आबश्यक स्थानमा नाली, ढलान ,सोलिंग, ग्याबिन एबं ग्राभेलका थप काम भएको र बाकि आबश्यक स्थानमा आगामी वर्ष थप बृद्धि गरिने छ ।
३ नगरका वडाकेन्द्रमा कम्तीमा सुविधाजनक सडकहरु पुगिसकेका छन र आगामी आ।व।मा दिगो सडक विकास कार्यक्रम मार्फत बाह्रैमहिना सहज यातायात सेवा संचालन हुने गरी कार्य भएका हुनेछन ।
४ नगरका वडाकेन्द्रमा कम्तीमा सुविधाजनक सडकहरु पुगिसकेका छन र आगामी आ।व।मा दिगो सडक विकास कार्यक्रम मार्फत बाह्रैमहिना सहज यातायात सेवा संचालन हुने गरी कार्य भएका हुनेछन ।
५ नगरपालिकाको गुरुयोजना निर्माण गर्ने कार्य सम्झौताभै सकेको छ थप कार्य आगामी बर्ष मा सम्पन्न गरिने छ ।
६ नगरपालिकाका महत्वपूर्ण सडक र अन्य आयोजनाहरु मध्य केहि आयोजनाको डिपिआर भइ कार्य अगाडी बढेको बाँकि कार्यलाई प्राथमिकतामा राखी कार्यन्वयन गर्न पहल गरिने छ ।
७ जैमिनी नगर प्रवेश गर्ने मुख्य नाकाहरुमा छुट्टै तथा विशेष पहिचान झल्कने क्रियाकलापहरु संचालन गरी जैमिनीको पहिचान दिलाईनेछ ।
८ यस पालिकामा रहेको घना वन क्षेत्र ९पुरानो गाँउ० मा चिडियाखानाको सम्भाव्यता अध्यन गरिने छ ।
९ हरेक वडामा पकेटरब्लक मार्फत उत्पादन सुरु भएको छ साथै एक वडा २ प्राविधिकको व्यवस्थालाई निरन्तर्ता दिइने छ ।
१० जैमिनी नगरपालिका भित्रका वडाहरुमा व्यक्तिगत तथा व्यवशायिक कृषि तथा पशुपालन गर्ने कृषकको संख्या थप वृद्धि भएको हुनेछ ।
११ उत्पादित कृषि तथा पशुजन्य वस्तुहरुको विक्रि वितरणको लागि आबश्यकता अनुसार कोल्ड स्टोर, चिलिङ भ्याट, संचय केन्द्र र हाट बजार लगायतक कार्य ब्यबस्थित भएको हुनेछ ।


१२ कृषि सडकलाई क्रिप ९ऋच्क्ष्ए – ऋष्mिबतभ च्भकष्ष्भिलअभ क्ष्mउचयखझभलत एचयवभअत० परियोजना अन्तर्गत स्तरउन्नति गर्ने कार्यको सुरुवात गर्नका लागि सम्झौताको चरणमा रहेकले आगामी आ।व। मा कार्यन्वयन गर्न पहल गरिने छ ।
१३ शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय पुरस्कृत गर्ने गत वर्षको नीतिलाई यथावत राखिनेछ । विद्यार्थीको सिकाइ उपलब्धी मापनलाई कक्षा ३ कक्षा ५ र कक्षा ८ मा गरी तीन चरणमा नगरस्तरमा संचालन गरिएको हुनेछ । विद्यार्थी संख्याको अनुपातमा धेरै विद्यार्थी एसइइको परीक्षामा वि प्लस वा सो भन्दा माथीको ग्रेड सहित सफल गराइ उत्कृष्ट नतिजा ल्याउन सफल हुने प्रत्येक शिक्षक र विद्यार्थीलाई पुरस्कृत गर्ने नीति लिइनेछ ।
१४ विद्यार्थी संख्याको आधारमा शिक्षक दरबन्दी मिलान गरि विधालयहरु ब्यबस्थापन भएको हुनेछ । नगर शिक्षा एन बनेको हुनेछ र बिद्यालयहरु एकिकरणका लागि कार्यक्रम संचालन गरिने छ ।
१५ सवैको लागि शिक्षा, अनिवार्य आवश्यकताको रुपमा अगाडी वढ्नेछ । सवै बालवालिकालाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर मिल्नेछ । कुनै पनि वालवालिकालाई शिक्षाको अवसरबाट वन्चित भएको हुनेछैन ।
१६ सवै नागरिकहरुलाई पोषणयुक्त खानेकुरामा चेतना अभिबृद्धि भई व्यवहारिक प्रयोग वढेको पाईनेछ ।
१७ नगरस्तरीय उद्योग ग्रामको लागि पूर्वाधार तयार गर्न पहल गरिनेछ ।
१८ नगरका रमणीय स्थानहरु आन्तरिक तथा वाह्य पर्यटकको आगमनको शुरुवात हुने । जैमिनीधाम, कोट, देविस्थान, थन्थापि माई, पुरानोगाउ, गाईधुने, हाडिकोट, रुद्रताल, गाजाधुरी, कमलजैसी, गणेश मन्दिर हात्ती ढुंगा ,शालिकग्राम क्षेत्र राधाकृष्ण मन्दिर, सति मन्दिर जैदी लगायतका क्षेत्रमा धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि पर्यटकीय गुरुयोजना बमोजिम पूर्वाधारहरुको निर्माण शुरु गरिएका छन, आगामी बर्षमा थप विस्तार हुने छन् ।


१९ जैमिनि पर्यटकीय चक्रपथ निर्माणलाइ प्राथमिकता दिइनेछ ।
२० विगत आ।व देखिनै आन्तरिक तथा बाह्य पर्यटक भित्राइ आय आर्जनमा बृद्धि ,स्थानीय उत्पादनमा जोड तथा सस्कृति संरक्षण एबं सम्बर्धनका लागि एक निजि र पाच सामुदायिक होमस्टे दर्ता भइ संचालन मा आएका छन, संचालनमा आएकालाई थप ब्यबस्थित र नयाँ दर्ताका लागि प्रोत्सहित गरी प्रभावकारी रुपमा संचालन मा आएका हुने छन् ।
२१ स्थानीय जडीबुटीबाट आयुर्वेद औषधि उत्पादन गर्ने कार्यलाई थप प्रभावकरी बनाईएको हुनेछ ।
२२ तामाखानी, ढुङ्गाखानी लगायतको संघ सरकारको समन्वयमा पुनः उत्खननका लागि पहल गरिएको हुनेछ ।
२३ सहकारी र वित्तीय क्षेत्रबाट वचत संकलन र ससानो पुजी लगानीको अवसर सृजना भई रोजगारीलाई सहयोग पुग्नेछ । सरल र सस्तो रुपमा कर्जा प्रवाह गर्ने प्रणालीको विकास भएको हुनेछ ।
२४ नवजात शिशु मृत्युदर, शिशु मृत्युदर, वालमृत्युदरलाई घटाई औषत आयु वढाउन सहयोग पुगेको हुनेछ, दुर्गम वडाहरुमा स्वास्थ्य शिविर, योग शिविर, महिलाका निमित्त पाठेघर सम्बन्धि स्वास्थ्य कार्यक्रम संचालन भएका हुनेछन ।
२५ स्वास्थ्य क्षेत्रको थप प्रवर्धनका लागि ‍औषधी तथा अत्यावस्यक सामाग्रीको ब्यवस्था गरिनेछ । कोभिड १९ लगायत महामारी फैलन नदिन शतर्कता अपनाउँदै आवस्यक तयारी गरिनेछ ।
२७ स्वास्थ्य संस्थाहरुमा न्यूनतम आवश्यकताका औषधीहरु सहजै उपलब्ध हुनेछन ।
२७ नगरका सवै वडाहरुमा खानेपानीको न्यूनतम सुविधा उपलब्ध भएको हुनेछ । सवै नागरिकमा सरसफाईको चेतना विकसित भई व्यवहारमा प्रयोग गरेका हुनेछन । घर आँगन, टोल छिमेकमा सरसफाई अभियान तिव्रताका साथ बढेको हुनेछ ।
२८ नगरभित्र रहेका कला संस्कृतिको संरक्षण र सम्बद्र्धन भएको महशुस गरिनेछ ।
२९ लैंगिक समानता र सामाजिक समावेशिकरणको माध्यमबाट समाजको सन्तुलित विकासमा विशेष योगदान पुगेको अनुभूति गरिनेछ ।
३० नगर तथा वडा स्तरीय खेलमैदानलाई थप सुदृढ गरिएको हुनेछ ।
३१ प्रमुख सडकहरुमा मोटरेवल पुल निर्माण गर्ने स्थान पहिचान गरी प्रारम्भिक सर्भेक्षणका लागि आवश्यक आधार तयार भएको हुनेछ ।
३२ जैमिनी न।पा। भित्र निर्माणाधिन २ झुलुंगे पुल सम्पन्न हुने छन भने ४ वटा झोपूको बिस्तृत सर्भे डिजाइन भइ निर्माण प्रारम्भ गरिने छ ।
३३ नगरस्थित खेतीयोग्य भूमीमा साना सिंचाईको माध्यमबाट हिउदे र वर्षायामको सिचाई सुविधा अधिकांश स्थानमा सम्पन्न भएको हुनेछ ।
३४ नगरस्थित सरकारी भवन निर्माणको लागि जग्गा प्राप्ति अन्तिम चरणमा पुगेको र कानुनी प्रकृय पुरा भएपछि प्रदेश सरकार संग निर्माणका लागि अनुरोध गरी पठाईएको हुनेछ वडा न ६ को वडा प्रशासनिक भवनलाई समपुरक कोष तर्फबाट रु ५०,००,००० प्रदेश सरकार बाट बिनियोजन भएको समेत जानाकारी गराऊन चाहनछु ।
३५ नगरस्तरमा फोहरमैला व्यवस्थापनको लागि ल्याण्डफिल साईटको निर्माण भइ फोहोर संकलन गरि ब्यबस्थापन गर्ने कार्य आगामी आ।व।मा थप ब्यबस्थित हुनेछ ।
३६ जनता आवास कार्यक्रमबाट आगामी आ।व। मा २७ वटा घर निर्माण कार्य सम्पन्न हुनेछन ।
३७ नगर भित्रका सबै वडाहरुमा काठे पोल बिस्थापित गरी फलामे पोल बाट बिधुत सेवा ब्यबस्थित गर्न ४५० पोल वितरण भएको छ बाँकी स्थानमा थप वितरण गरी व्यवस्थित गरिनेछ ।
३८ नगरका वडा केन्द्र तथा केहि प्रमुक नगर बस्तीमा कम्तिमा १५ वटा सौर्य बत्ति जडान हुनेछ ।
३९ सूचना तथा संचार प्रबिधिको क्षेत्रलाई जनताको अधिकारसँग जोडी सहज र सरल सूचना प्राप्त भएको अनुभूति हुनेछ । नगरकेन्द्रका वडाहरुमा फाइवर इन्टरनेट विस्तार गरिनेछ र ईन्टरनेटमा सवै नगरवासीको पहुंच पुगेको हुनेछ
४० वनलाई आय आर्जनको श्रोतको रुपमा विकास गर्न विभिन्न चेतनामुलक कार्यक्रम सन्चालन हुनेछन । वन क्षेत्रमा अलैंची, अम्रिसो, टिमुर,कीबी, डालेघाँस जस्ता उपयोगी विरुवाहरुको रोपण भएको पाईनेछ ।
४१ जै।न।पा। क्षेत्र भित्र कृषि र पशु क्षेत्रमा गरेको लगानीबाट कृषकको आय स्तरमा थप सुधार भएका हुनेछ ।
४२ घर आँगन टोल र सडक सफा राख्ने घरलाइ पुरस्कृत गरिएको हुने छ ।
४३ नगरस्तरमा कम्तिमा १ वटा नर्सरी स्थापना गरिएको हुने छ ।
४४ पहिरो र भूक्षय, नदीकटानको समस्या समाधानका लागि चेतनामुलक कार्यक्रम संचालन भई वृक्षारोपणको कार्य वढेको पाईनेछ ।
४५ राशायनिक मल र विषादिको प्रयोग घटेर प्राङ्गारिक मलको प्रयोग वढेको पाईनेछ ।
४६ नगरपालिकास्थित विभिन्न वडाहरुमा रहेका विभिन्न पोखरीहरुको संरक्षणको कार्य भएको हुने छ ।
४७ नगरस्तरमा विपद व्यवस्थापन समिति सकृय हुनेछ र विपद व्यवस्थापन कोषको थप प्रभावकरी परिचालन गरिने छ ।
४८ नगरपालिका र प्रत्येक वडा कार्यालयमा नागरिक वडापत्र राखिएको छ । वडापत्रको माध्यमबाट नागरिकहरुले सूचनाको अधिकार प्राप्त गर्नुका साथै सेवा प्रवाहमा सहज भएको महशुस गर्नेछन ।
४९ नगरपालिकाको काम कारवाही र सेवा प्रवाहको सम्बन्धमा प्राप्त गुनासा र उजुरीहरुलाई व्यवस्थित गर्दै गुनासो अभिलेखन तथा व्यवस्थापन प्रभावकारी भै शुसासनको अनुभूति भएको हुनेछ ।
५० नगरपालिकाका गतिविधिहरुलाई मासिक, त्रैमासिक रुपमा सूचना पाटी, वुलेटिन र वेभसाईटको माध्यमबाट निरन्तर प्रकाशन भएका हुनेछन ।
५१ कर्मचारीहरुको व्यवशायिकताको विकास गर्न कार्यसम्पादन करार, कार्यविवरण, कार्यसम्पादन मुल्याङ्कन, दण्ड र पुरस्कारको व्यवस्था प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याईएको हुनेछ ।
संगठन तथा ब्यवस्थापन सर्वेक्षण गरी कर्मचारीको उपयुक्त संख्या र जिम्मेवारी प्रदान गरिएको हुनेछ ।
५२ आन्तरिक तथा बार्षिक लेखापरीक्षण, सार्वजनिक परीक्षण, सार्बजनिक सुनुवाई, सामाजिक परिक्षण जस्ता कार्यहरुको प्रभावकारी कार्यान्वयन भएको हुनेछ ।
५३ नगरपालिकाको संस्थागत विकासको लागि कर्मचारीहरुको कार्यविवरण, पदाधिकारी तथा कर्मचारीहरुको आचारसंहिता, संगठन विकास अध्ययन, क्षमता विकास योजना निर्माण गरी लागु भएको हुनेछ ।
५४ कर्मचारी र पदाधिकारीहरुको क्षमता विकासको लागि तालिम, गोष्ठी, सेमिनार संचालनका अतिरिक्त अध्ययन अवलोकन भ्रमण भएको हुनेछ ।
५५ सुकुम्बासी, घरबिहिन, कच्ची टिनक छाप्रा र फुसका घर भएका नागरिकहरुको लागि घर निर्माण एबम छाना छाउने कार्य यस आ।व।मा ३३ ५ गरी आगामी आ।व।मा ६६५ पु¥याई कार्य सम्पन्न भएको हुने छ ।
५६ सुरक्षित आप्रवासन परियोजनाबाट बैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधानमा सहज भएको हुने छ ।
५७ प्रधानमन्त्रि रोजगार कार्यत्रमबाट कम्तिमा सुचिकृत १३५९ जनाले अल्पकालीन रोजगार प्राप्त गरि विकास निर्माणमा सहयोग पु¥याएका हुने छन ।
५८ गण्डकी प्रदेश र ५ नं। प्रदेशको सिमा धुसमा पर्यटकीय प्रवेश द्वार निमार्णको कार्य प्रारम्भ गर्ने भनिएको कार्य आगामी आ।व।मा समेत अगाडी बढाऊन पहल गरिनेछ ।
५९ प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार रहेका, कोरोनको कारण रोजगारी गुमेका र बैदेशिक रोजगारीबाट फर्केकालाई परिश्रमीकसहितको जनसहभागितामुलक र प्रबिधि सहित श्रममुलक विकास निर्माणमा जोड गरिने छ ।
६० कोरोनको कारण रोजगारी गुमेका तथा अन्य श्रमिकहरुलाई सिप विकासको निम्ति हस्तकला, प्लाम्विङ, इलेक्ट्रोनिक, कुक, सिकर्मी, डकर्मी, ब्युटिसियन, हजाम, आरन सुधार लगायतका तालिमहरु दिईने छ । यसका लागि प्रदेश सरकार संग सहकार्य गरिने छ । साथै प्राबिधिक तथा ब्यबसायीक शिक्षा एबम तालिम प्रदायक संस्था संग पनि समन्वय र सहकार्य गरिने छ ।
६१ न्यायको क्षेत्रमा संविधान प्रदत्त अधिकार प्रयोग गर्दै जै न।पा को न्यायिक समिति आफ्ना कार्य अगाढी बढाएको छ । सबै वडामा मेलमिलाप केन्द्र छन् जसले स्थानीय समस्या समाधान गरेको छ र आगामी दिनमा अझै व्यवस्थित गर्दै लगिने छ ।


बजेट तर्जुमाका आधारहरु :
१ नेपालको संविधान
२ स्थानीय सरकार संचालन ऐन, २०७४
३ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४
४ अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४
५ संघीय र प्रदेश सरकारले जारी गरेका नीति, काूनन तथा मापदण्डहरु
६ स्थानीय तहमा बजेट तर्जुमा, कार्यान्वयन, आर्थिक व्यवस्थापन तथा सम्पत्ति हस्तान्तरण सम्बन्धि निर्देशिका २०७४
७ उपलब्ध स्रोत साधन
८ विकासका अन्तर सम्बन्धित विषयहरु
९ नगरपालिकाले चालु आ।व।को कार्यसम्पादनबाट सिकेका महत्वपूर्ण सिकाईहरु
१० सहभागितामूलक योजना तर्जुमा प्रकृयाबाट प्राथमिकता प्राप्त भई आएका योजना तथा कार्यक्रमहरु
११ नगरपालिकाबाट आगामी आ।व।२०७७।७८ का लागि प्रस्तुत नीति तथा कार्यक्रमहरु

बजेट तर्जुमा विधि :
१ राजस्व परामर्श समितिबाट राजस्वको श्रोत, दायरा र दर समेतको विश्लेषण गरी राजस्वको अनुमान र दर सिफारिस ।
२ स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिबाट आन्तरिक र अन्य स्रोतको अनुमान गरी वडागत र विषय क्षेत्रगत सीमा र मार्गनिर्देशन तयार ।
३ सहभागितात्मक योजना तर्जुमा पद्धति अवलम्बन गरी टोल, समुदाय, वस्ती तथा वडास्तरबाट जनप्रतिनिधि मार्फत योजना तथा कार्यक्रमको छनौट र प्राथमिकीकरण ।
४ नगरस्तरीय वहुसरोकारवालासँगको छलफल, गोष्ठी र राजनैतिक दलको प्राप्त सुझाव र सल्लाह ।
५ नगर स्तरीय विषयगत समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति हुदै कार्यपालिका वैठक बाट भएका निर्णयहरु ।

योजना तथा कार्यक्रम प्राथमिकताका आधारहरु स्–
१ आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान पु¥याउने
२ उत्पादनमुलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,
३ जनताको जीवनस्तर, आम्दानी र रोजगारी वढ्ने,
४ स्थानीय सहभागिता जुट्ने, स्वयं सेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने,
५ स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने,
६ महिला, बालवालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,
७ लैंगिक समानता र सामाजिक समावेशीकरणको अभिबृद्धि गरि मूल प्रवाहमा ल्याउने ।
८ दीगो विकास, वातावरणीय संरक्षण तथा प्रवद्र्धन गर्न सघाउ पु¥याउने,
९ भाषिक तथा सास्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिबृद्धिमा सघाउ पु¥याउने,
१० स्थानीय तहले आवश्यक देखेका अन्य विषयहरु

अध्यक्ष महोदय,
अब म जैमिनी नगरपालिकाको गत आ।व। २०७५।७६ र चालु आ।व।२०७६÷७७ को समीक्षा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

जैमिनी नगरपालिका भित्र रहेका बिषयगत क्षेत्र तर्फ हासिल गरेका उपलब्धि विवरणहरु निम्न बमोजिम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
क।
१ जै। न।पा। भित्र हाल सम्म करिब ३६० कि।मि। सडक रहेकोमा २ कि।मि। जति मात्र पक्कि सडक छ । चालु आ।व।को यो अबधि सम्ममा कुश्मिसेरा सरंगी खण्ड सडक कालोपत्रे गर्ने कार्य, जैमिनी धाम कुश्मिसेरा सडक स्तर उन्नति गर्ने कार्य द्रूततर रुपमा अगाडी बढेको छ । प्रेदेश सरकारको सहयोगमा संचालित कुश्मिसेरा बरेङ खण्ड सडकको सुधार तथा कालोपत्रे गर्ने कार्य लगायतका अन्य केहि प्रमुक सडक हरुको स्तर उन्नति कार्य चलीरहेको छ । नगरपालिकाको आफ्नै श्रोतबाट १३ वटा मुख्य सडकहरु लाई दिगो सडकको रुपमा लिई निरन्तर कार्य अगाडी बढाइएको छ र चालु बर्षमा २ वटा झोलुंगे पुल निर्माण सम्पन्न हुदै छन ।
२ शैक्षिक गुणस्तर वृद्धिका लागि गरिएका प्रयासहरु बाट कक्षा ८ को विद्यार्थी उत्तीर्ण ७२।२९ ५ पुर्याइएको जुन बिगत बर्ष तुलनामा अत्यन्तै बढी हो ।
३ चालु आ।व।मा कक्षा ८(१२ का १७८७ विद्यार्थीलाई सेनिटरी प्याड वितरणा र २३ बिद्यालयमा सो को दिगो व्यबस्थापनका लागि इन्सिलेटर वितरण गरिएको छ । यसबाट विद्यार्थी नियमितता बढेको छ ।
४ यस अवधिमा २० वटा कक्षा १ का कक्षाकोठा बालमैत्री ब्यबस्थापन गरिएको छ ।
५ कक्षा ३,५ र ८ का शिक्षक विद्यार्थीलाई सिकाई उपलब्धिको आधारमा पुरस्कृत गरिएबाट शिक्षण शिकाइ क्रियाकलापमा प्रोत्साहन मिलेको छ ।
६ चालु आ।व।मा ३ वडा सौचालय निर्माण, मा। बि। हरुमा ५ वटा बिज्ञान प्रयोगशाला, ३ वडा सूचना प्रबिधि प्रयोगशाला र १ वटा पुस्तकालय निर्माण भएको छ जसले गुणस्तरीय शिकाईलाई टेवा पुगेको छ ।
७ यस आ।व। मा १८ मध्य १७ वटा मा बि समावेसी भइ प्रथम राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको सुरुवात भयो जसबाट विद्यार्थीहरुको उत्साहजनक सहभागिता पाइयो ।
८ सार्बजनिक शिक्षाको गुणस्तर सुधार तथा शिक्षा सम्बन्धि कानुन निर्माणका लागि शिक्षा विद समेतको सहभागितामा कार्याशाला गरी २३ बुदे जैमिनी घोसणा पत्र २०७६ कार्यन्वयनमा ल्याइएको छ । जस ले समग्र सुधारका लागि जै।न।पा। भित्रका सामुदायिक बिद्यालयहरुलाई क्रियाशील बनाएको छ भने शिक्षा एनको मस्यौदा तयार भएको छ ।
९ खानेपनि र सरसफाईको क्षेत्रमा नगरपालिका र साझेदार संस्थाको सहयोगमा संचालित जैमिनी ६, ८, १०, खानेपानी योजना सम्प्पन हुदै छन भने प्रदेश सरकारको सहयोगमा वडा १, २, ३, ७, ८, ९ मा खानेपानी आयोजना संचालन मा रहेका छन ।
१० नगरका सबै वडाहरुमा स्वीकृत भएका योजनाबाट वडा कार्यालयहरु, बिद्यालय भवनहरु, को निर्माण सुधार मर्मत गर्ने कार्य प्रभावकरी रुपमा सम्पन्न भएका छन् ।
यसै गरी कृषि तथा पशुविकास को क्षेत्रमा नगरपालिका आफै र कृषि ज्ञान केन्द्र र पशु बिज्ञ केन्द्रको सहयोगमा आ। व। २०७५र०७६ मा १० गोठ सुधार, ३३१ कृतिम गर्बाधान, ४ मोडल फर्म, २ पकेट प्याकेज, २३ मिनी टेलर, १०० प्लास्टिक टनेल, १०० मौरी घार एव फलफुल तर्फ ६ वटा पकेट र ४ मोडल फर्म संचालन मा आए आ।ब। २०७६र०७७ मा ३ लाख लिटर दुध उद्पादन, १५ सय खसी बोका निर्यात भएको छ कृषि को आर्थिक सम्बृद्धि कार्यक्रम बाट गोठ सुधार, औषधि वितरण, दुध संकलन केन्द्र ब्यबस्थापन, प्लास्टिक टनेल, मौरी घर वितरण साना सिंचाईको कार्य संचालन भएका छन् । ब्लक कृषि ३, पकेट कृषि ६, मोडल फर्म ४, पोली होउस ३ तथा पशु तर्फ ३ मोडल फर्म संचालनमा आएका छन् । दुध र मासुमा जैमिनी नगरपालिका आत्मनिर्भर हुन लागेको महसुस भएको छ ।
११ जै। न।पा। भित्र सुकुम्बासीहरुका घर निर्माण गर्ने कार्य सम्बन्धमा कुल १७ मध्य ११ घर निर्माण भै सकेको बाँकिलाई आगामी आ।व।मा सम्पन्न गरिने छ । यसै गरी खरका छाना विस्थापन, घर बिहिन हरुको घर निर्माण, कच्ची टिनका छाप्राहरुलाई सहयोग लगायतका कार्य आगामी बर्ष सम्पन गरिने छ ।
१२ जै।न।पा। भित्र एक स्वयम सेविका १ स्टेचर सबै संस्थामा कम्युटर, प्रिन्टर र स्वास्थ्य सामग्री सेट र कर्मचारीलाई आधारभूत तथा बिशेस प्रकारका तालिम संचालन गरिएको छ ।
१३ जै।न।पा। भित्र अपाङ्ग भइ कष्ठकर जिबन बिताई रहेका ११ जना अपाङ्ग ब्यक्तिहरुलाई व्हील चियर र २ जना लाई बैसाखी उपलब्ध गराईएको छ । अपाङ्ग तर्फ नै जिल्ला बाट वितरण भएको ४६८ र जै।न।पा। मार्फत ६० गरी कुल ५२८ जना लाई अपाङ्ग परिचय पत्र वितरण गरिएको छ ।

ख।
१ आर्थिक बर्ष २०७५÷७६ मा वित्तिय समानीकरण, राजस्व बाडफाड तथा अन्तरिक श्रोत तर्फ प्राप्त जम्मा रकम रु २३,३९,१२,७४०।६२ तेइस करोड उन्चालिस लाख बाह्र हजार सात सय चालिस रुपैया बैसठ्ठी पैसा मात्र मध्ये चालु शीर्षकमा रु ३,९६,९९,०१८।५० तिन करोड छियानब्बे लाख उन्नसय हजार अठार रुपैया पचास पैसा र पुँजीगत शीर्षकमा रु १३,८७,४५,६१७।३० तेह्र कारोड सतासी लाख पैतालिस हजार छ सय सत्र रुपैया तिस पैसा गरी जम्मा रु १७,८४,४४,६३५।८० सत्र करोड चौरासी लाख चवालिस हजार छ सय पैतिस रुपैया असी पैसा मात्र यथार्थ खर्च भइ चालु आ।व। २०७६र०७७ को लागि रु ५,५४,६८,१०५।८० पाच करोड चवन लाख अठ्सठ्ठी हजार एक सय पाच रुपैया असी पैसा मात्र जिम्मेवारी सर्न आएको छ ।
२ प्रधानमन्त्रि रोजगार कार्यक्रम तर्फ जम्मा प्राप्त अनुदान रु ४२,२७,००० बयालीस लाख सत्ताइ हजार मध्य चालु तथा पुँजीगत शिर्षकमा रु ३५,८७,२०६ पैतिस लाख सतासी हजार दुइ सय छ मात्र खर्च भएको छ ।
३ स्थानीय पुर्बधर विकास साझेदारी तर्फ प्राप्त अनुदान रु ९९,५०,००० उनन्सय लाख पचास हजार रुपैया मध्य रु ८४,२४,७१२ चौरासी लाख चौबिस हजार सात सय बाह्र मात्र खर्च भएको छ ।
४ आ।व। २०७५र२०७६ मा यस न पा। लाई बिभिन्न कार्यक्रम र शिर्षकमा ससर्त अनुदान तर्फ प्राप्त रु २७,३३,१५,९०६ सत्ताई करोड तेत्तिस लाख पन्ध्र हजार नौ सय छ मात्र मध्य रु २५,७५,७७,५७० पच्चिस करोड पचहत्तर लाख सतहत्तर हजार पाच सय सत्तरी मात्र खर्च भएको छ ।
५ चालु आ।व। २०७६र०७७ मा यस न।पा। लाई बिभिन्न शिर्षकमा ससर्त अनुदान तर्फ प्राप्त रु ३०,२६,७१,००० तिस करोड छब्बीस लाख एकहत्तर हजार मध्य हाल सम्म रु २६,८७,१३,१५२।०१ छब्बीस करोड सतासी लाख तेह्र हजार एक सय बाउन्न रुपैया एक पैसा मात्र खर्च भै सकेको छ । चालु आ।व।को असार मसान्त सम्म लक्ष्य अनुसारको खर्च हुने अनुमान छ ।
६ गण्डकी प्रदेश ससर्त अनुदान तर्फ प्राप्त रु १,००,००,००० एक करोड मध्ये रु ४९,९६,१९५ उन्पचास लाख छियानाब्बे हजार एक सय पन्चानब्बे रुपैया खर्च भएको छ । आ।व।को अन्त्य सम्ममा विनियोजित बजेट खर्च हुने अनुमान गरिएको छ ।
७ चालु आ।व। २०७६र०७७ को लागि चालु तर्फ रु ९,००,००,००० नौ करोड र पुँजीगत तर्फ रु १६,१६,०५,००० सोह्र करोड सोह्र लाख पाच हजार मात्र ब्यय अनुमान गरिएकोमा आ।व।को २०७६ असार ५ गते सम्ममा चालु तर्फ रु ४,४४,६१,२७८।९६ चार करोड चवालीस लाख एकसठ्ठी हजार दुइ सय अठहत्तर रुपैया छियानन्वे पैसा मात्र खर्च भएको छ । पुँजीगत तर्फ रु ६,४५,८४,८८७ छ करोड पैचालिस लाख चौरासी हजार आठ सय सतासी रुपैया मात्र खर्च भइसकेको छ विनियोजित बजेट मध्ये यस आ।व।को असार मसान्त सम्ममा चालु तथा पुँजीगत दुवै शिर्षकमा खर्च भइ बाँकि हुने यथार्थ मौज्दात असार मसान्त पछि प्राप्त हुने छ । जुन रकम लाई आगामी आ।व।को आय अनुमानमा प्रस्ताब गरेको छु ।
८ चालु आ।व।को लागि आन्तरीक आय तर्फ प्रस्ताब गरिएको रु ५२,१०,००० बाउन्न लाख दश हजार मध्ये रु ३८,२३,८४० अठ्तिस लाख तेइस हजार अठ सय चालिस ९लक्ष्यको ७३५० आम्दानी भएको र आ।व।को अन्त्य सम्ममा लक्ष्यअनुसार आम्दानी प्राप्त हुने अपेक्षा गरेको छु ।
९ चालु आ।व। २०७६र०७७ मा प्रकोप ब्यबस्थापन कोष तर्फ यस नपाको बार्षिक कार्यक्रम कार्यपालिको निर्णय, गण्डकी प्रदेश सरकार र बिभिन्न संघ संस्था बाट हाल सम्म रु १,२१,५३,३९१।३३ एक करोड एक्काईस लाख तिरपन्न हजार तिन सय एकानब्बे रुपैया तेत्तिस पैसा आम्दानी भएको छ ।
उक्त कोषबाट विपद ब्यबस्थापन तर्फ जम्मा रु ९,९१,५०० खर्च भएको छ । तेसै गरी कोभीड १९ रोकथाम तर्फ जम्मा रु ३२,५१,९०१ रुपैया खर्च भएको छ ।

अध्यक्ष महोदय,
अव म आगामी आर्थिक वर्ष २०७७।७८ का लागि बजेटका प्राथमिकता र आय व्यय प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आगामी आर्थिक वर्ष २०७७।७८ का लागि राजस्व र करका दरहरु फराकिलो बनाउदै रु ७७,००,०००। सतहत्तर लाख रुपैया मात्र आम्दानी हुने अनुमान गरेको छु ।

कोभिड १९ ९कोरोना भाइरस ० को माहामारिलाई ध्यानमा राखी नियन्त्रणको लागि छुट्टै शिर्षकमा बजेट प्रस्ताव गरेको छु ।
३ शक्षिक गुणस्तर सुधार र विकासका लागि यथोचीत बजेट प्रस्ताब गरेको छु ।
४ सम्पति कर आगामी आ।व।देखि अनिवार्य गरेकोछु ।

जैमिनी नगरस्तर र वडास्तरमा समेत जैमिनीको गौरव झल्किने आयोजनाहरु प्रस्तावित गरी कार्यान्वयन गर्न बजेट प्रस्ताव गरेकोछु ।
६ कृषि र पशुपालनको क्षेत्रलाई विशेष महत्वका साथ बजेट विनियोजन गरेको छु ।
७ प्रविधिक शिक्षा छात्रवृत्ति कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
८ “नगर प्रमुख कृषि परियोजना, नगर प्रमुख पशु परियोजना र “समानुपातिक, निरन्तर समग्र विकास कार्यक्रम”को लागि बजेट विनियोजन गरेकोछु ।
९ नीति तथा कार्यक्रमले उच्च महत्व दिएका विषयहरुलाई आर्थिक, सामाजिक, पूर्वाधार, वातावरण तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकासका क्षेत्रमा आवश्यकता अनुसार बजेट विनियोजन गरेकोछु ।
१० संघीय सरकार र प्रदेश सरकारसँग मौज्दात कोषहरुको रकमलाई नगरपालिकासँगको साझेदारीमा कार्यान्वयन गर्न समपुरक कोषमा प्रयाप्त बजेट विनियोजन गरेकोछु ।
११ नगर क्षेत्रको आवशयकता लाई ध्यानमा रखी विपद व्यवस्थापन कोष, वडागत मर्मत संम्भार कोषको लागि बजेट बिनियोजन गरेको छु साथै ससाना वडास्तरीय फुटकर योजना र सामाजिकसमबेसिकरणका कार्यक्रमहरु वडाबाटै कार्यन्वयन गर्ने वडागत बजेटमा आबश्यक बजेट प्रस्ताव गरेको छु ।
१३ विकासमा जनसहभागिता सुनिश्चता गरी विकास निर्माणमा जनताको अपनत्व विकास गर्न नगरपालिकाले सन्चालन गर्ने प्रबद्र्धनात्मक कार्यक्रम वाहेक अन्य पुजी निर्माणका कार्यक्रममा उपभोक्ता समितिको नगद एवं श्रम तथा वस्तुगत सहभागिता सुनिश्चित हुने अनुमान गरिएको छ ।
१४ प्रस्तावित बजेट वचतका सिद्धान्तका आधारमा तयार गरिएको व्यहोरा जानकारी गराउदछु ।

अध्यक्ष महोदय,
अव म आगामी आर्थिक वर्ष २०७७।७८ को आय र व्ययको अनुमान प्रस्तुत गर्दछु ।
आय अनुमान तर्फस्(
१ चालु वर्ष २०७६।७७ बाट खर्च नभई मौज्दात हुने रु ४,५०,००,०००। चार करोड पचास लाख रुपैया मात्र ।
२ संघीय सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तरण अन्तरगत प्राप्त हुने समानीकरण अनुदान रु ११,४२,००,०००। एघार करोड बयालीस लाख रुपैया मात्र ।
३ संघीय सरकार बाट प्राप्त हुने बिशेष अनुदान ९खरका छाना विस्थापन ० रु १,२०,००,००० एक करोड बिस लाख रुपैया मात्र
४ संघीय सरकार बाट प्राप्त हुने समपुरक अनुदान ९जैमिनी धाम कुश्मिसेरा टिमुर खोला फेदी सडक० रु ८३,००,००० तिरासी लाख रुपैया मात्र
५ संघीय सरकारबाट प्राप्त हुने राजस्व वाँडफाँड शिर्षकमा प्राप्त हुने अनुदान रु ८,३२,९३,३७३। आठ करोड बत्तीस लाख तिरानब्बे हजार तिन सय तिरहत्तर रुपैया मात्र ।
६ प्रदेश सरकारबाट अन्तर सरकारी वित्तिय हस्तान्तर अन्तरगत प्राप्त हुने समानीकरण अनुदान रु १,२२,८३,००० एक करोड बाइस लाख तिरासी हजार रुपैया मात्र ।
७ प्रदेश सरकारबाट प्राप्त हुने राजस्व वाँडफाँड शिर्षकमा प्राप्त हुने अनुदान रु।४९,४४,०००। उन्पचास लाख चवालीस हजार रुपैया मात्र ।
८ नगरपालिकाको विभिन्न शिर्षकमा आन्तरिक आयबाट प्राप्त हुने रकम रु ७७,००,०००। सतहत्तर लाख रुपैया मात्र ।
९ प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान९वडा न ६ को प्रशासनिक भवन० रु ५०,००,०००। पचास लाख रुपैया मात्र ।
१० प्रदेश सरकारबाट प्राप्त हुने ससर्त अनुदान९जैमिनी धाम कुश्मिसेरा सडक० रु ५०,००,०००। पचास लाख रुपैया मात्र ।
११ संघीय सरकार÷प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदान ९शिक्षा, स्वास्थ्य,कृषि पशु, झोलुंगे पुल, प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा तथा घटना दर्ता सुदृढिकरण आयोजना, सुरक्षीत आप्रबासन लगायत० जम्मा रु ३३,६५,००,००० तेतिस करोड,पैसठी लाख रुपैया मात्र ।
ससर्त तथा निसर्त तर्फ कुल जम्मा आय रु ६३,४२,२०,३७३। तिरसठ्ठी करोड बयालिस लाख विस हजार तिन सय तिरहत्तर रुपैया मात्र ।

व्यय तर्फ रुस्(
१ संघीय तथा प्रदेश सरकार बाट प्राप्त विभिन्न विषयगत क्षेत्रहरु शिक्षा, कृषि, पशु, स्वास्थ्य, झोलुङ्गे पुल, रोजगार प्रर्वदन कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रमहरुमा सशर्त अनुदानमा खर्च हुने जम्मा रु ३३,६५,००,०००। तेत्तिस करोड पैसठी लाख रुपैया मात्र ।
२ नगरपालिकाको चालु तर्फ विभिन्न शिर्षकमा खर्च हुने रु ८,७५,००,००० आठ करोड, पचहत्तर लाख रुपैया मात्र ।
३ समपुरक कोष रु ३,८०,००,००० तिन करोड असी लाख रुपैया मात्र ।
३।११ आर्थिक क्षेत्र रु १,६५,००,००० एक करोड पैसठी लाख रुपैया मात्र
३।१।१ नगर प्रमुख पशु परियोजना रु ५४,००,०००
३।१।२ पर्यटन तर्फ ९होम स्टे प्रबर्द्धन० रु २४,००,०००
३।१।३ कृषि तर्फ९कागती, सुन्तला, कफी,अलैची, मह० रु २०,००,०००।
३।१।४ कृषि तर्फ ९नियमित० रु २०,००,०००।
३।१।५ नगर प्रमुख कृषि परियोजना रु १५,००,००० ।
३।१।६ पशु तर्फ ९नियमित० रु ११,००,०००।
३।१।७ प्रदेश सरकार संग साझेदारी रु १०,००,००० ।
३।१।८ बेसहारा ९महिला तथा पुरुष ० एक्लो महिला रु ४,००००० ।
३।१।९ उद्योग तथा बाणिज्य तर्फ रु ४,००,०००।
३।१।१० सहकारी तथा वित्तिय व्यवस्थापन तर्फ रु ३,००,०००।
३।२ सामाजिक विकास क्षेत्र रु १,००,००,००० एक करोड रुपैया मात्र ।
३।२।१ शिक्षा तर्फ रु ३५,००,०००।
३।२।२ खेलकुद तर्फ रु ५,००,०००
३।२।३ जनस्वास्थ्य तर्फ रु २२,००,०००।
३।२।४ आयुर्वेद तर्फ रु ४,००,०००।
३।२।५ खानेपानी तथा सरसफाइ तर्फ रु ५,००,०००।
३।२।६ संस्कृति प्रवद्र्धन तर्फ रु ५,००,०००।
३।२।७ लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण रु १०,००,०००।
३।२।८ धौलागिरी अंचल अस्पताल रु २,००,०००
३।२।९ शान्ति दीप बहुमुखी क्याम्पस रु ३,००,०००
३।२।१० प्राथमिक स्वास्थ्य केन्द्र कुश्मिसेरा रु २,००,०००
३।२।११ महिला स्वास्थ्य कार्यक्रम९प्रसूति स्वास्थ्य तर्फ ० रु ३,००,०००
३।२।१२ जेष्ठ नागरिक वृद्ध आश्रम ९भाडा ब्यबस्थापन ० बनपा १४ रु १,५०,०००
३।२।१३ सामाजिक संघ संस्था अनुदान रु २,५०,०००
३।३ पूर्वाधार विकास क्षेत्र ९क० रु। १,५०,००,०००। एक करोड पचास लाख रुपैया मात्र ।
३।३।१ नया ट्रयाक खोलि अतिआबश्यक बस्ति र केन्द्र जोड्नको लागि सडक तर्फ रु ६८,००,०००
३।३।२ नगर स्तरका पक्कि सिंचाई कुलो निर्माण रु ३०,००,०००
३।३।२ नगर स्तरका अत्ति आबश्यक स्थानमा सिंचाई ब्यबस्थापन गर्न पाईप खरिद रु ५,००,०००
३।३।३ झोपु हेरालु पारिश्रमिक भुक्तानी गर्न रु २,२०,०००
३।३।४ अन्य पुर्बधार संग सम्बन्धित प्राथमिकता प्राप्त आयोजनाहरु ९भवन निर्माण बिशेष समेत० रु ३०,००,०००
३।३।५ नगर स्तरका मुख्य सडक मर्मत सुधार तथा ह्युम पाईप ब्यबस्थापन कार्य रु १४,८०,०००
३।४ वातावरण तथा विपद व्यवस्थापन क्षेत्र रु ४५,००,०००। पैतालीस लाख रुपैया मात्र ।
३।४।१ बन भू संरक्षण जल उत्पन्न प्रकोप रु ३,००,०००
३।४।२ बन तथा नर्सरी निर्माण वृक्षारोण रु २,००,०००
३।४।३ विपद ब्यबस्थापन रु १५,००,०००
३।४।४ तार जाली खरिद रु १५,००,०००
३।४।५ फोहोर मैला ब्यबस्थापन रु ५,००,०००
३।४।६ ल्याण्डफिल साइट पुर्वाधार निर्माण तर्फ रु ३,००,००।
३।४।७ जलाधार संरक्षण, जल बायु परिबर्तन अनुकुलन रु १,००,०००
३।४।८ विपद जोखिम न्यूनीकरण चेतना मुलक कार्यक्रम रु १,००,०००
३।५ सुशासन तथा संस्थागत विकास तर्फ रु। ३०,००,०००। तिस लाख रुपैया मात्र ।
३।५।१ निर्माणाधीन गुरुयोजना ९भुक्तानी बाँकि ० रु १२,००,०००
३।५।२ पत्र पत्रिका तथा संचार प्रबर्धन कार्यक्रम रु ४,००,०००
३।५।३ डिजिटल प्रोफाइल निर्माण रु ९,००,०००
३।५।४ राजस्व परिचालन रु ५०,०००
३।५।५ सार्बजनिक सुनुवाई कार्यक्रम रु ३,००,०००
३।५।६ अन्तर निकाय समन्वय रु १,००,०००
३।५।७ सुसाशन सम्बन्धि जनचेतना कार्यक्रम रु ५०,०००
३।६ समानुपातिक निरन्तर समग्र विकास कार्यक्रम रु ५०,००,०००। पचास लाख रुपैया मात्र ।
३।७ दिगो सडक विकास कार्यक्रम १,९५,००,०००। एक करोड पन्चानब्बे लाख मात्र
३।८ वडागत वजेट रु ३,००,००,०००। तिन करोड रुपैया मात्र ।
३।९ सवारी साधन व्यवस्थापन रु २०,००,०००। बिस लाख रुपैया मात्र ।
३।१० अ।गैसस गैसस सहकार्य रु २०,००,०००। बिस लाख मात्र ।
३।११ वडामा भएको मर्मत सम्भार कोष रु ४०,००,०००। चालिस लाख मात्र ।
३।१२ भवन तथा जग्गा व्यवस्थापन रु ८५,००,०००। पचासी लाख मात्र।
३।१३ कोरोना महामारी रोकथाम कार्यक्रम रु ३२,००,००० बत्तीस लाख मात्र।
३।१४ कार्यालय पुजीगत बजेट रु २५,००,००० पचिस लाख मात्र ।
३।१५ बिपत ब्यबस्थापन कोष रु १५,००,००० पन्ध लाख मात्र ।
३।१६ पुँजीगत भैपरी कार्यक्रम रु ३८,२०,३७३ अठ्तिस लाख विस हजार तिन सय तिरहत्तर मात्र ।
३।१७ डोजर परिचालन तथा ब्यबस्थापन कार्यक्रम रु १५,००,००० पन्ध लाख मात्र ।
३।१८ फूटकर आयोजना रु ७,००,००० सात लाख मात्र ।
३।१९ नगर सुरक्षा सेवा रु १५,००,००० पन्ध्र लाख मात्र ।
३।२० घर बिहिनको लागिआवास कार्यक्रम रु ६०,००,००० साठी लाख मात्र ।
३।२१ न्यायिक समिति सम्बन्धि बिबिध रु ५,००,००० पाच लाख मात्र ।
३।२२ भैपरि सामाजिक विकास कार्यक्रम ९राजस्व बाडफाड० रु ७,००,००० सात लाख मात्र ।
३।२३ संघीय सरकार बाट प्राप्त हुने बिशेष अनुदान ९खरका छाना विस्थापन ० रु १,२०,००,०००
३।२४ संघीय सरकार बाट प्राप्त हुने समपुरक अनुदान ९कुश्मिसेरा टिमुर खोला फेदी सडक० रु ८३,००,०००
३।२५ प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान९वडा न ६ को प्रशासनिक भवन० रु ५०,००,०००। पचास लाख रुपैया मात्र ।
३।२६ प्रदेश सरकारबाट प्राप्त हुने अनुदान९जैमिनी धाम कुश्मिसेरा सडक० रु ५०,००,०००। पचास लाख रुपैया मात्र ।

अध्यक्ष महोदय,
उपरोक्त अनुसार जैमिनी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७।७८ को लागि आय तर्फ कुल जम्मा रु। ६३,४२,२०,३७३। त्रिसठ्ठी करोड बयालिस लाख विस हजार तिन सय त्रिहत्तर रुपैया मात्र र व्यय तर्फ कुल जम्मा रु ६३,४२,२०,३७३। तिरसठ्ठी करोड बयालिस लाख विस हजार तिन सय त्रिहत्तर रुपैया मात्र प्रस्ताव गरेको छु । उल्लेखित बजेटमा गैरसरकारी क्षेत्रको बजेट समावेश गरिएको छैन । माथिका शिर्षकहरुको शिर्षकगत खर्चको विस्तृत विवरण र गैरसरकारी संघसंस्थाको वजेट तथा कार्यक्रम आगामी आ।व।२०७७।७८ को बार्षिक नगर विकास योजनाको पुस्तिकामा समावेश गर्ने गरी व्यवस्था मिलाएको छु । आगामी आ।व।मा नगरपालिका बाट लगाईने कर, शुल्क, दस्तुरका लागि तयार गरिएको आर्थिक ऐन २०७७ र प्रस्तावित बजेटलाई खर्च गर्नका लागि विनियोजन ऐन २०७७ स्वीकृतिका लागि पेश गरेको छु ।
प्रस्तावित बजेटलाई वडास्तरबाट ज प्राप्त मागहरुको प्राथमिकता र आवश्यकताको आधारमा महत्वपूर्ण सल्लाह र सुझाव सहित शिर्षकगतरुपमा छलफल गरि पारित गर्नुहुने विश्वास लिएको छु ।
बजेट आफैमा तथ्यमा आधारित अनुमान हो । यसको लक्ष्य प्राप्तिका लागि हाम्रो एक्लै प्रयास मात्र सम्भव छैन । तसर्थ राजनैतिक दल, सम्पूर्ण संघसंस्था तथा सम्पूर्ण नगरवासीहरुको सामुहिक प्रयासबाट मात्र यो सम्भव छ । समग्र जैमिनी नगरको विकासबाट समृद्धि प्राप्तिको लक्ष्यलाई ठोस रुपमा अगाडि वढाउदै तर्जुमा भएका योजना तथा कार्यक्रमहरुलाई प्रभावकारी र वैज्ञानिक कार्यान्वयन गर्न सवै तिरबाट यथोचित सहयोग हुनेछ भन्ने पूर्ण विश्वस्त छु । प्रस्तुत वजेट तथा कार्यक्रम तर्जुमा गर्ने प्रकृयामा प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पु¥याउनुहुने सम्पूर्ण कार्यपालिका सदस्यज्यूहरु, नगरस्थित क्रियाशिल राजनितिक दलहरु, आम सञ्चार जगत, नागरिक समाज, नगरबासी दाजुभाई तथा दिदी वहिनीहरु, प्रमुख प्रशासकीय अधिकृतज्यू लगायत कर्मचारी मित्रहरुलाई धन्यवाद दिन चाहन्छु । जैमिनीको विकास प्रक्रियामा सहयोग उपलब्ध गराउने नेपाल सरकार, दातृ निकाय, सहयोगी संघ संस्था तथा निकायहरु, निजी क्षेत्र प्रति म जैमिनी नगरपालिकाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग निरन्तररुपमा प्राप्त हुनेछ भन्ने विश्वास गर्दछु ।

“जय जैमिनी, जय नगर सभा”
धन्यवाद ।

प्रतिक्रिया
सम्बन्धित समाचार