बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

एकै दिन ११० महिलासहित ६२९ जनामा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ (भिडियोसहित)

बुधबार, असार १० २०७७

काठमाडौँ(जस)– नेपालमा बुधबार ६२९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार ६२९ जना संक्रमित थपिएका नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिए ।

उनीहरु मध्ये ५१९ जना पुरुष र ११० जना महिला महिला छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ ।

कोरोना संक्रमण निको भएर डिस्चार्ज हुनेको संख्या २३३८ रहेको छ ।

त्यसमा १९७ महिला र २१४१ पुरुष छन् । गत चौबिस घण्टामा मात्रै ८ महिला र १०६ पुरुष गरी ११४ जना डिस्चार्ज भएका हुन्।

नेपालमा कोरोना भाइरस संक्रमित फेला परेका जिल्लाहरुको संख्या ७६ छ ।

बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ छ ।
https://www.facebook.com/mohpnep/videos/301883924312255/

प्रतिक्रिया
सम्बन्धित समाचार