बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

निजी विद्यालय सञ्चालकलाई अनेरास्ववियुकाे चेतावनी– ‘कुनै पनि शीर्षकमा शुल्क नउठाउ’

सोमबार, असार ८ २०७७

काठमाडाैं । नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले निजी विद्यालय सञ्चालकहरूलाई कुनै पनि शीर्षकमा शुल्क नउठाउन चेतावनी दिएकाे छ । निजी विद्यालय सञ्चालकहरूकाे संस्था नेशनल प्याब्सन र प्याब्सनले आइतबार संयुक्त विज्ञप्ति निकालेर लकडाउन अवधिमा पनि विद्यार्थीलाई पढाएकोले शुल्क तिर्न विद्यार्थीका अभिभावकलाई आग्रह गरेको थियो।

अनेरास्ववियुले साेमबार एक विज्ञप्ति जारी गरेर निजी विद्यालय सञ्चालककाे निर्णय अव्यवहारिक भएकाे र यसलाई तत्कालै फिर्ता लिन आग्रह समेत गरेकाे छ।

‘काेराेना कहरकाे त्रासदि, अभिभावककाे विकराल अवस्था र विद्यार्थीहरुकाे तनावपूर्ण मनाेविज्ञानलाई पूर्ण रुपमा उपेक्षा गरी विद्यालय बन्द रहेका बेला जारी गरिएकाे अपिललाई अवज्ञा गर्न अनेरास्ववियु आम अभिभावक र विद्यार्थीलाई आव्हान गर्दछ,’ विज्ञप्तिमा भनिएकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार