शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

लकडाउनका सिंघम, बोली नै काफी छ यिनको !

सोमबार, असार ८ २०७७

काठमाडौं(जस)– “तपाइहरु कस्तो कुरा बुझ्नुहुन्न, के यो प्रहरिको लागि मात्र हो? स्वास्थ सुरक्षा चाहिन्न तपाइहरुलाइ? सटर झार्नुस तपाइको, एक दुई दिन नबेच्दा केही हुन्न।” उनको प्राकृतिक ठूलो आवाजमा दैनिक बिहान कराउदै हिड्दथिए उनि। पछि पछि बिस्तारै माइकमा बोल्ने बानी बस्दै जादा माइक प्रहरी भेनमा जोडेर यहि भन्दै चक्कर काट्थिए उनी।

खोटाङ्गमा जन्मिएका डम्बर बस्नेत २०५४ सालमा नेपाल प्रहरिको जवानमा भर्ती भए, उनको पहिलो दरवन्दी सिमा प्रहरी चौकी जयसपुरमा भयो। आन्तरिक बढुवा हुँदै असइ भएर उदयपुर, संखुवासभाका चौकिका इन्चार्ज चलाएका उनि अध्ययन मात्र अत्यावश्यक हैन, ब्यावहारिक ज्ञानले पनि काम गर्न सकिन्छ भन्नेको ज्वलन्त उदाहरण हुन।

एसएलसि मात्र उत्तीर्ण भएका बस्नेत आज इलाका प्रहरी कार्यलय बनियानिमा सइ छन, यहाको इन्चार्ज छन। २०७३ सालमा सइमा बढुवा भएका उनी लकडाउनकै दौरान चैत्र २० गते केही बिविध कारणले बनियानीमा तुरुन्त हाजिर गर्न आउनु पर्यो। यो यस्तो ठाउँ थियो जहाँ लकडाउन पालना गराउन सकिएको थिएन, स्थानिय निकाय र प्रशासन बिच समाञ्जस्यता थिएन। बस्नेतमा ठूलो चुनौती थियो। १० प्रहरी लिएर यति ठूलो र चुनौतीपूर्ण इलाका हेर्नू बास्तवमा हिम्मतिलो काम नै हो।

वरपर भारतिय सिमा, तस्करी, चोरीको बिगबिगी बढिरहेको अवस्थामा चुनौती स्विकार्दै आफ्नो अनुभवले यो इलाकालाइ सुरक्षित गर्न आएका थिए उनी। आएको दिन देखै नै बजारमा पैदल, मोटरसाइकल र वरपरको इलाकामा प्रहरी भ्यान लिएर निरन्तर गस्ती गर्दै हिड्ने बस्नेत, उनका प्रहरी भन्दा आफै मैदानमा ज्यादा ब्यस्त देखिन्थिए।

आजको मिति सम्मपनि हरपल त्यो निलो रङ्गको प्रहरी पोसाकमा रहने बस्नेत, सिभिल पोसाकमा आक्कल झुक्कल देखिन्छन। कालो चस्मा लगाएर हिड्ने उनी किन हौ सर भन्दा आँखा त बचाउनु पर्यो नि भन्छन। होला सायद, बेलुकी १२ बजे सम्म मैदानमा देखिने उनी बिहान सबेरै ४ बजे फेरि गस्ती मा हुन्छन। दिनको ४ घण्टा सुत्दा सायद आँखालाई आराम चाहिने नै होला।

बस्नेत बारम्बार नेपाल सरकार, स्थानिय सरकारको नियमानुसार लकडाउनको पालना गराउन खटिरहे, ” यहाँका केहि व्यापारीलाई पैसा मात्र देखिन्छ, अरुकी न आफ्नो कसैको ज्यानको प्रवाह छैन रहेछ” उनी भन्छन। ” अटेरी गर्ने, दोकान खोलेर प्रहरी सग उल्टै बाज्ने अनि अझ आफैलाइ बुद्दिजिवी मान्ने पनि धेरै भेटियो” हास्दै सुनाउछन उनी।

” बिगत के थियो मलाइ थाहा भएन, तर म आए पश्चात् मलाइ स्थानिय निकायले धेरै सहयोग गरेर काम गर्ने वातावरण बनाएको छ, त्यस्को लागि म धन्यवाद दिन चाहान्छु”, स्थानिय युवाहरुको जमातले पनि धेरै सहयोग र सल्लाह दिएको सम्झदै उनी आभार प्रकट गर्छन।

हर एक इलाकामा धेरै चुनौती हुन्छ, सबैलाइ खुशी बनाउन सकिन्न, आफूले जन्म देखि एक थोपा दारु मुखमा नहालेको उनी जाड रक्सी खाएर हो हल्ला गर्ने देखि रुष्ट हुन्छन। ती झुण्डको बिरोधले उनी नडगमगाएको बताउदै, आफुले अन्य कुनै त्यस्तो काम गरेको छैन जस्ले बर्दिमा दाग लागोस भन्छन।

निस्वार्थ सेवामा लागेका धेरै कम देखिन्छन, अझ यस्तो महामारीको बेला, होला उनको तलब भत्ता, जुन आफ्नो ठाउमा छ, तर उनिले तलब भत्ताको परिधी नाघेर यो इलाकालाइ सेवा गरेका छन। उनको सबै सग समान व्यवहार गर्ने बानिले प्रहरी प्रतिको सम्मान बढ्छ। उनको एक दुखेसो भने छ,” होला धेरै ठाउमा यहि खालको समस्या, आफ्नो दलको मानिसमात्र सहि भन्ने परम्परा, जसले काममा बाधा ल्याएको भने छ!” बिस्तारै चेतनाको बिकास सगै यो हट्नेमा उनी आशावादी छन।

भारतसग सिमा जोडिएको स्थान ज्यादा भएको कचनकवल गापामा १३८ संक्रमीत देखिँदा पनि क्वारेन्टिन बाहिर संक्रमण फैलन नपाउनुमा उनको ठूलो हात छ। गर्मी, बर्षा केही नभनी सिमा सम्म गएर कहिले गाडी त कहिले हिड्दै भारतबाट आउने ब्याक्तिहरुलाइ क्वारेन्टिनमा राख्न उनले गरेको कार्यको जति प्रशंसा गर्दा पनि कम हुन्छ। पोजिटिभ देखिएकोलाइ अस्पताल पुर्याउने, अन्य बिभाग सग समन्वय गर्नमा माहिर उनले आफ्नो अनुभवलाइ मजाले प्रयोग गरेका छन।

यो मात्र हैन, कोहि बिमार भए, दुर्घटना भए आफै पुगेर एम्बुलेन्सको काम गर्दै उनको गाडी अस्पताल पुग्छ, उनी बास्तवमा सिंघम भएर आए बनियानी ।

लकडाउनको दौरान, यस्ता गतिला, हिम्मतिला र निस्वार्थ भावनाका प्रहरी इन्चार्जले कचनकवलको मुटु बनियानिमा कोरोनासङ्ग लड्न धेरै सहयोग पुगेको कुरा नकार्न सकिन्न ।

प्रतिक्रिया
सम्बन्धित समाचार